काठमाडौं । नेपाली चलचित्र उखोगमा निरन्तर लागि रहेका सेलीब्रेटी नायक हुन् जय किशन बस्नेत । उनी पछिल्लो समय लेख, निर्माण र निर्देशनमा समेत सक्रिय छन् । हालसम्म १०७ वटा चलचित्रमा अभिनय गरेका उनको प्रमुख अभिनय रहेको टेलि चलचित्र शेरेले हसाउँछ हाल रमाईलो टेलिभजिनमा प्रसारण भई रहेको छ भने उनी पछिल्लो चलचित्र “धुम ३” को डबिङमा व्यस्त रहेका छन् । यसै बेलामा उनकै चलचित्र मार्फत डेब्यु नायिका एलिना रायमाझीसँग उधुम मच्चाएको हल्लाले सिने नगरी तताएको छ । नायक बस्नेत र नायिका रायमाझीले गोसाईंकुण्डमा छायाँकनको लागी जाँदा बिवाह गरेको हल्लाले यस्तो रुप लिएको हो ।

हाल चलचित्र “धुम ३” को प्रदर्शनको लागी तम्तयार छन् नायक जय किशन बस्नेत अनि यसै चलचित्रबाट नायिकामा डेब्यु गर्दै छिन् नायिका एलिना रायमाझी । एक्सन, लभस्टोरी, हाँस्य तथा मानवीय दैनिकीमा आधारित विषय वस्तुलाई समेटेर बनाईएको चलचित्र “धुम ३” को छायाँकन क्रममा केही समय अगाडी उक्त युनिट गोसाईंकुण्ड गएको थियो । चलचित्रको दृष्य कैद गर्नको लागी उक्त स्थानमा गएको भनिए पनि युनिट उपत्यका फर्किना साथ अर्कै हल्ला चलेपछि सबैलाई चकित बनायो । यो हल्ला थियो डेब्यु नायिका रायमाझी र नायक बस्नेतको बिवाह प्रसंग । अझ १०७ वटा चलचित्रमा अभिनय गरेर निरन्तर सफल नायक बस्नेतले नायिका रायमाझीसँगै पहिलो पटक तीजको गीतमा कम्मर मर्काएपछि भने हल्ला गर्नेहरुले सजिलै अड्कल काट्न पाई हाले अनि विभिन्न अनलाईनहरुमा यो विषय भुसको आगो झैं फैलियो । आफु अभिनित टेलिचलचित्र शेरेले हसाउँछ हुँदै आफ्नो चलचित्र “धुम ३” र पछिल्लो तीज गीत नक्कले भिनाजु २ मा समावेश चर्तिकला नक्कलेसम्म निरन्तर नायिका रायमाझीसँगको जोडी नछुट्नुलाई सञ्चारकर्मीले आफ्नो गसिपको आधार बनाएका छन् ।

चलचित्र “धुम ३” को प्रदर्शन मिति नजिकिदै जाँदा आएको यस्तो हल्लाको बारेमा नायक बस्नेतसँग जिज्ञासा राख्दा आफ्नो कर्म, धर्म र मर्म समेत नेपाली चलचित्र भन्दा बाहिर नभएकोले यस बाहेक अन्य कुरामा आफ्नो ध्यान नगएको र नखाएको विषले आफुलाई नछुने बताए । जय किशनको सफलताको यात्रामा कहाँ छिर्के हान्न पाईएला भनेर बाटो ढुक्नेहरुले आफ्नो अनलाईनको टिआरपी बढाउँन र फुर्सदको समय ब्यतित गर्न यस्तो हतकण्डा अपनाएको उनको प्रतिक्रिया रहेको छ ।

सञ्चार माध्यममा आएका समाचारका बारेमा भ्रम फैलाउँन खोजेको भन्दै विभिन्न समयमा कलाकार र पत्रकारहरुको बिवाद हुँने गरेको भएता पनि बस्नेत र रायमाझीको यो हल्लाले कुन रुप लिन्छ त्यो भने भोलीका दिनले देखाउँने छ ।

हेर्नुहोस् बस्नेत र रायमाझी अभिनित यो भिडियो :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah