एजेन्सी। बलिउड अभिनेत्री प्रियंका चोपडाले अमेरिकी ब्वाइफ्रेण्ड निक जोनससँग इंगेजमेन्ट गरेकी छिन् । पिपुल डटकमका अनुसार प्रियंकाको जन्मदिनभन्दा २ हप्ता अगाडि यी दुईको इंगेजमेन्ट भएको थियो । अब यी दुईको बिहेको तयारी भइरहेको छ । बिहेकै लागि प्रियंकाले सलमान खानसँगको फिल्म ‘भारत’ छोडेकी छिन् ।
निक प्रियंकाभन्दा ११ वर्ष कान्छा छन् । उनी ३६ वर्षकी भइन् । उनको नेटवर्थ ११ मिलियन डलर छ । जबकि अमेरिकी पपस्टार निक जोनस मात्रै २५ वर्षका छन् तर उनको नेटवर्थ भने २५ मिलियन डलर छ ।
रिपोर्टका अनुसार प्रियंका र अमेरिकी पप स्टार निकको भेट क्वांटिकोको सेटमा भएको थियो । त्यसपछि उनीहरु १ वर्षअघि न्यूयोर्कमा भएको मेट गाला फंक्सनका सँगै पुगेका थिए । यी दुईलाई पछिल्लो एक वर्षमा धेरै ठाउँमा सँगसँगै देखिएको थियो । प्रियंकाले यसै वर्ष लन्च गरेको एल्बम एक्सोटिकमा पनि निकले साथ दिएका थिए ।



