बिष्णुप्रसाद पोखरेल, दमक,पुष- २७  गते । कतारको टण्टालापुर घाममा तीन बर्ष काम गरेर घर फर्कनु भएका दमकका आशिष मैनाली(नाम परिवर्तन) त्यति खेर छक्क पर्नुभयो जति खेर घर आइपुग्दा श्रीमती घरमा छैनन् । परिवारले एकदिन अघिमात्र घरबाट निस्केको र पत्तो नभएको बताएपछि खोजतलासका लागि दमक स्थित इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिनुभयो । तीन महिना बित्यो अहिलेसम्म कुनै अत्तोपत्तो छैन ।
इलाका प्रहरी कार्यालय दमकको परिसरमा भेटिनु भएको उहाँका अनुसार यो अवधिमा १५ लाख भन्दा बढी रकम श्रीमतिलाई पठाईएको थियो । उहाँले आशु झार्दै भन्नुभयो–‘एउटा सानो घर चिटिक्क बनाएर परिवार बसौंला भन्ने लागेको थियो तर मलाई भाग्यले नराम्ररी ठग्यो ।’ विवाह गरेको दूई बर्ष पछि आफू बिदेश गएको र आत्मनिर्भर बनेपछि मात्र सन्तान जन्माउने उनैले भनेका कारण सन्तान भने नरहेको उहाँको भनाई छ । अब भने श्रीमतीलाई माया मार्ने अवस्थामा उहाँ पुग्नु भएको छ ।
इलाका प्रहरी कार्यालय दमकमा सरदरमा दुई दिनमा एउटा निवेदन महिला तथा बालबालिका हराएको आउने गरेको छ । यसमा पनि अधिकाँश महिला विवाहीत रहने गरेकाछन् । इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुका अनुसार आर्थिक बर्ष गत आर्थिक वर्षमा१ सय ३५ जना महिलाहरू हराएको निवेदन दर्ता भएको छ । यसमा मु्द्दा शाखा मार्फत ३५ जना र महिला तथा बालबालिका शाखामा १ सय वटा निवेदन दर्ता भएको छ । यो अवधिमा हराउने बालबालिको संख्या ४४ रहेको छ ।
पछिल्लो समयमा पुरुष पनि हराउने क्रम भने रहेको पाईएको छ । लिम्बुका अनुसार २३ जना पुरुष हराएका छन् । महिलाको तुलनामा यो अत्यन्त न्यून हो । हराएका निवेदन अनुसार भेटिएको भने कममात्र संख्या रहेको छ । १ सय ३५ महिला हराएको निवेदन आएकोमा खोजतलास गर्दा ३८ जना भने फेला परेको पाईएको छ ।  यसैगरी ४४ बालबालिका हराएकोमा १९ जना फेला परेकाछन् । २३ पुरुषहरू हराएकोमा ६ जना फेला परेको बताईएको छ ।
विवाहित महिलाहरू हराएकोमा अधिकाँश बैदेशिक रोजगारमा श्रीमान गएकाहरूको नै रहेको पाईएको लिम्बुले जनाउनुभयो । आपसी असमझदारी र अबिश्वास, घर झगडा लगायतका कारण घरबाट महिलाहरू हिड्ने र सम्पर्कमा नआएपछि हराएको निवेदनहरू आउने गरेको उहाँको भनाई छ ।
हराएको भनेर निवेदन परेर भेटिएकाहरू पनि फेरि त्यहि घर फर्केको कमै मात्र पाईएको बताइन्छ । उहाँले भन्नुभयो–‘हराएका भनिएका महिलाहरू भेटिएपछि हामी निवेदकलाई बोलाउछौ र बेमेल रहेको भएसकेसम्म मिल्नका लागि महिला तथा बालबालिका सेल मार्फत सहजिकरण गराउने गरेका छौ ।’
हराएका निवेदनको संख्याको आधारमा महिलाहरू नभेटिनुमा अन्यत्र जानु तथा कतै कसैसंग घरजम गर्नु नै भएको जनाईएको छ । पछिल्लो समयमा बैदेशिक रोजगारका कारण परिवारको बिखण्डन भइरहेको बताउदै पुरुषहरू समेत हिँसामा परेको भएपनि सुनुवाइ नभएको भन्दै गुनासो आउने गरेको लिम्बुको भनाई छ । उहाँले भन्नुभयो–‘पुरुषहरू हिँसामा परेको पनि गुनासो लिएर आउने गर्नु हुन्छ र त्यसलाई पनि हामी गम्भिरताका साथ लिन्छौ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah