सात करोड भ्युजको नजिक रहेको नेपाली सिनेमा दुई रुपैयाँको कुटुमा कुटु गीत युट्युबमा सबैभन्दा धेरै पटक हेरिएकाे नेपाली गीत हो।

NIC ASIA
गीतको लोकप्रियता नेपाल मात्र नभर्इ नेपाली डायस्पाेरामा फैलँदोछ। कुटुमा कुटु एसियाको सबैभन्दा धेरै पटक हेरिने गीतको सूचीमा २२ औँ स्थानमा पर्न समेत सफल भएको छ। यसका गीतकार, संगीतकार तथा गायक राजनराज शिवाकोटी र गायिका मेलिना राईले नेपालकै सर्वाधिक प्रतिष्ठित पुरस्कार छिन्नलता प्रतिभा पुरस्कार २०७४ बाट पुरस्कृत समेत भएका छन्।

नेपाली गीत अन्तर्राष्ट्रिय स्तरमै लोकप्रिय हुँदै नेपाली गीतसंगीतमा सबैभन्दा धेरै पटक हेरिएको गीतको कीर्तिमान कायम गरेको याे गीतले युट्युबबाट कति कमायो? धेरैलाई जिज्ञासा छ।

यसबारेमा सिनेमाका निर्माता तथा कलाकार आशिफ शाह भन्छन्, ‘सरसर्ती हिसाब हेर्ने हो भने कम्तिमा पनि यसले ५० लाख माथिको आम्दानी गरेको छ।’ सर्जक राजनराज सिवाकोटी आफ्नो गीतबाट युट्युवले कम्तिमा पनि ७० लाखको कमाई गरेको बताउँछन्। यता हाइलाइट्सका जनरल म्यानेजर जनक तामाङ भने याेबाट कती कमाई भयो त्यसको यकिन आफूलाई थाहा नभएको बताउँछन्।

जे होस् गीतले सामान्य हिसाबमा हेर्ने हो भने पनि ५० लाख रुपैयाँको आम्दानी गरेको छ। ‘कुटुमा कुट’का स्रष्टाले कति पाए त रोयल्टी? एउटै गीतबाट यति धेरै कमाई भइसकेपछि हाइलाइटस नेपालले स्रष्टा सर्जकलाई रोयल्टी दिएको छ कि छैन? राजनराज सिवाकोटी भन्छन्, ‘रोयल्टीको के कुरा गर्नु? आजसम्म कति कमायो भन्ने कुरा त भन्नु भएको छैन्। उहाँहरुले आजसम्म एक रुपैयाँ पनि तपाइँकाे रोयल्टी भनेर दिनु भएको छैन्। अब मान्छेहरु कुटुमा कुटुको भ्युज ७ करोड पुग्यो। अनि ठान्दा रैछन् की राजनराज सिवाकोटीले सात करोड रुपैयाँ नै पायो। तर अवस्था त्यस्तो छैन। अब दिनुहुन्छ की ।’

दुई रुपैयाका निर्मातालाई तपाईँले गीतको सम्पुर्ण अधिकार बेच्नु भएको होला नी? हाम्रो प्रश्नमा सिवाकोटी भन्छन्, ‘हामीले सिनेमाको लागि गीत बेचेका हौँ। यसको नैतिक अधिकार त स्रष्टासँग नै हुने होइन र? फेरि अर्को कुरा अन्तर्राष्ट्रिय नियमानुसार युट्युबले स्रष्टाको लागि निश्चित प्रतिशत रोयल्टी आँफै छुट्याएको हुन्छ भन्ने सुनेको छु। हाम्रोमा चाही के भएको हो थाहा छैन।’

स्रष्टाले किन रोयल्टी पाएन त?

यस सम्बन्धमा सिनेमाका निर्माता तथा कलाकार आसिफ शाह भन्छन्, ‘हामीले गीतको ५ करोड भ्यूज पुग्दा हाईलाइट्सका प्रमुख ओम गुरुङलाई गीतका सर्जक तथा गायकगायिकालाई प्रोत्साहन स्वरुप केही दिऊँ भनेर प्रस्ताव राख्यौँ। तर उहाँले यो प्रस्ताव ठाडै अस्विकार गर्नुभयो। यस गीतका सर्जकलाई दिएमा आउँदा दिनमा अरु गीतका कलाकारहरुलाई पनि दिनु पर्ने हुन्छ, यस्तो लफडामा नपरौँ भनेर भन्नु भो। यसबाट उहाँको स्रष्टासर्जक प्रति हेर्ने दृष्टिकोण थाहा हुन आउँछ । उहाँहरुले भोलिका दिनमा यस्ता हिट गीतका सर्जकहरुलाई सम्मान गर्ने परिपाटी बसाल्दा राम्रो सन्देश जान्थ्यो। तर उहाँहरुलाई पैसा कमाउन मात्रै सरोकार छ।’

नेपालकै संगीत इतिहास मै सार्वधिक हेरिएको गीतको स्रष्टा सर्जकलाई नैतिकताको आधारमा पनि किन राेयल्टी नदिएको भन्ने हाम्रो प्रश्नमा हाइलाइट्स नेपालका जनरल म्यानेजर जनक तामाङ् भन्छन्, ‘सिनेमासहित सम्पूर्ण युट्युब राइटस् हामीले ९० लाखमा किनेका छौँ। सिनेमाका निर्माता निर्देशकलाई सम्पूर्ण रकम भुक्तानी गरी सकेकोले उहाँहरुलाई नाफामा वा कमाइको रकम दिने भन्ने कुरै अाउँदैन।’

नेपाली गीतको इतिहासमै यत्रो किर्तिमान कायम राख्ने गीतका कलाकार, सर्जकलाई हाइलाइट्सजस्तो संस्थाले केही पनि गर्दैन? म्यानेजर तामाङ भन्छन्, ‘अहिलेसम्म त्यस्तो केही छलफल भएको छैन। तपाईले सोध्नु भो। अब बोर्डको छलफलमा यो कुरा राखौलाँ। अब हामीले कलाकारलाई टोकन अफ लभ वा एप्रिसियसनसम्मको केही चिनो दिन सकिन्छ भन्ने हामीलाई लागेको छ। तपाईले भन्नु भएको जस्तो रोयल्टी चाहिँ दिने कुरा आउँदैन।’

यता निर्माता आशिफ शाह भने आफूहरुले ९० लाख रुपैयाँमा दुई रुपैयाँको युट्युब राइट्स बेचे पनि अझै १० लाख रुपैयाँ नपाएको गुनासो गर्छन्।

‘आफूहरुले एक मुष्ठ रकम लिए पनि इतिहास रचेको गीतलाई सम्मान गर्दै नैतिक रुपमा केही चिनो सम्म हाइलाईटस्ले दिनु पर्छ भन्ने मेरो भनाईँ हो।’ आशिफ भन्छन्, ‘स्रष्टा नै मारेर कमाएको पैसा के पैसा? ओम गुरुङजीको भनाईबाट नै म निरास भइसकेको छु। उहाँले यसबारेमा गम्भीर भएर सोच्नु भन्दा पनि नाफाघाटा र पैसा कमाउने ध्यानमा हुनुहुन्छ। अहिले आएर मलाई महशुस हुदै छ स्रष्टा र सर्जकलाई सम्मान नगर्ने यस्ता कम्पनीहरुसँग हामीलाई कुनै पनि सम्बन्ध राख्न हुँदैन। पहिले त मलाई पनि धेरै कुरा थाहा थिएन। सिधा हिसाबमा सम्झौता गरेर दिइयो। अब धेरै कुरा बुझ्दै छु। सकेसम्म अब यसरी युट्युब अधिकार अरुलाई नदिने मनस्थितीमा पुगेको छु।’

के भन्छ रोयल्टी संकलन समाज
रोयल्टी संकलन समाज भने कुटुमा कुटुका सर्जकहरुले रोयल्टी नपाएको कुरामा आश्चर्य जनाउँदै हरेक स्रष्टाले आफ्नो अधिकार प्राप्त गर्नु पर्ने तर्क गर्छ।

समाजका कोषाध्यक्ष लोकराज अधिकारी भन्छन्, ‘यसमा गीतका सर्जकले सिनेमालाई गीत बेच्दा के सहमती गरेर दिएको छ भन्ने कुरा प्रमुख हुन आउँछ। सँगै गीत एकमुष्ठ रुपमा कसैलाई बेचेको भए तापनि क्रियटिभ राइटस् भनेर स्रष्टा सर्जक, गीतकार, संगीतकार, गायक गायिका तथा निर्माताले कमाईको १३ प्रतिशत रकम पाउँछ। अब नेपालमा युट्युबको आम्दानीबाट रोयल्टी दिलाउने सन्दर्भमा हाम्रो अहिले नै त्यस्तो ठोस संयन्त्र नबनेको भए तापनि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सर्जकले पाउने क्रियटिभ राइटस अन्तर्गत निश्चित रकम दिनु पर्छ।’

अधिकारी अगाडि थप्छन्, ‘कुटुमा कुट अब कुन हिसाबले सिनेमाका निर्माता निर्देशकलाई दिइएको हो त्यो कुरा थाहा हुन जरुरी छ। फेरि सिनेमाले कम्पनीसँग कस्तो खालको सम्झौता गरेको छ त्यो पनि हेर्नु पर्छ।’

यसरी आफ्नो सिर्जनाको रोयल्टीका सन्दर्भमा स्रष्टा सर्जक नै किन अन्यौलमा हुनुहुन्छ त? अधिकारी भन्छन्, ‘स्रष्टा सर्जकहरु आफै सचेत र सजग हुनुहुन्न। उहाँहरु आफै सचेत र चनाखो हुन जरुरी छ। आफुहरुले पाउनु पर्ने अधिकार नपाएको खण्डमा बोल्न सक्नु नी पर्छ। नेपालमा यो रोयल्टीका सन्दर्भमा हामीले मात्रै बोलेर हुन्नँ। नाम चलेका गायक गायिका, संगीतकार, निर्माता तथा उत्पादकहरु खुलेर बोल्नु पर्यो। साथीहरु बोल्नु हुन्न। जब समस्या पर्छ अनि सानो स्वर बोल्नु हुन्छ। कहाँ समस्याको समाधान हुन्छ त।’

जे होस् युट्युबमा ७ करोड भ्युज कमाउँदै गर्दा यसका निर्माता, गीतकार, संगीतकार गायक गायिकालाई हाइलाइट्स जस्तो कम्पनीले सम्मान मात्रै गर्न सके राम्रो हुने थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah