यो वर्षको बहु–प्रतीक्षित चलचित्र कायरा आज शुक्रबारबाट ८० वटाभन्दा बढी हलमा एकसाथ प्रदर्शन भएको छ । यो चलचित्रले मल्टिप्लेक्स तथा सिंगल थिएटर दुवैमा राम्रै हल पाएको बताइन्छ । आर्यन सिग्देल इन्टरटेन्मेन्ट तथा आर एन्ड आर प्रोडक्सनको ब्यानरमा निर्माण भएको कायरा पूर्ण प्रेमकथामा आधारित चलचित्र हो ।

केही समयअघि सार्वजनिक गरिएको यो चलचित्रको ट्रेलरमा आर्यन र साम्राज्ञीबीच एक–अर्कालाई प्राप्त गर्ने संघर्ष एवं विछोड देखाइएको थियो । म्युजिकल लभ स्टोरी भनिएको यो चलचित्रको कथा लेख्न मात्रै एक वर्ष लागेको अभिनेता आर्यन सिग्देल बताउँछन् । गीत, ट्रेलर तथा पोस्टर सार्वजनिक भएसँगै दर्शकबाट निकै सकारात्मक प्रतिक्रिया पाएको चलचित्र कायराको सफलताप्रति निर्माण पक्ष ढुक्क छ ।

निर्देशक लक्ष्मण रिजाल भन्छन्, ‘मैले अहिलेसम्म आधा दर्जन चलचित्र बनाएको छु, यो चलचित्रमा अन्य चलचित्रको तुलनामा एकदमै धेरै मेहनत परेको छ ।’ शिवराम श्रेष्ठको छायांकन, केदार भुसालको पटकथा तथा संवाद, बनिष शाह र मिलन श्रेष्ठको सम्पादनको चलचित्र कायराको सम्पूर्ण छायांकन फिलिपिन्समा गरिएको हो । फिलिपिन्सका दृश्य, आर्यन र साम्राज्ञीको केमेस्ट्री तथा गीत–संगीतले यो चलचित्र दर्शनीय बनाउने अपेक्षा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah