काठमाडौँ, २८ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रको स्वाभिमान बचाउन आफू प्रतिवद्ध रहेको बताउनुएको छ ।

एमाले नेता तथा साहित्यकार प्रदीप नेपालको लघु उपन्यास ‘आमाको मन’ को यहाँ आज लोकार्पण गर्दै उहाँले देशको शिर झुक्न नदिन र राष्ट्रको स्वाभिमान बचाइ राख्न आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिएको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो – “मेरो ५२ वर्षे राजनीति देशको हितका लागि बित्यो, म जनतालाई अल्मल्याउने र जनताका बीचमा फाटो ल्याउने राजनीति पनि कहिल्यै गरिनँ ।”

ढाँट, छल र जनता अल्मल्याउने राजनीति तथा जनता जगाउने राजनीतिलाई अलगअलग रुपमा बुझ्नुपर्ने उल्लेख गर्दै उहाँले कम्युनिष्ट उग्र नभई शिष्ट, संयमित र समर्पित हुनुपर्छ, त्यसैले आफू सही कम्युनिष्ट नेता भएको दाबी गर्नुभयो ।

अर्काे प्रसङ्गमा अध्यक्ष ओलीले पृथ्वीनारायण शाहलाई सम्मान गर्ने क्रममा राजतन्त्र फर्कने सपना नदेख्न आग्रह गर्दै “जन्मसिद्ध श्रेष्ठताका आधारमा बनेको र विगतमा खराब इतिहास भएको राजतन्त्र चाहिन्छ भन्नु पाखण्ड हो भन्नुभयो ।”

जन्मोत्सवसँगै पुस्तक विमोचन

नेता नेपालको ६४ औँ वर्ष दिनका अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको सो कार्यक्रममा अध्यक्ष ओलीले ‘सूर्य अङ्कित केक’ काटेर नेपाललाई खुवाउनुभएको थियो ।

नेता नेपालको सो पुस्तक मुलुकका राजनीतिक विसङ्गतिमा केन्द्रित रहेको समालोचक डा कुमारप्रसाद कोइराला र गीता त्रिपाठीले टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah