दाङ, २८ पुस । सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयन, शान्ति र विकास अहिलेको प्रमुख राष्ट्रिय कार्यभार भएको बताउनुभएको छ ।

सौडियारस्थित सिसहनियामा थारु पत्रकार सङ्घले आज आयोजना गरेको आफ्नो छैठौँ वार्षिक उत्सव तथा माघी मिलन कार्यक्रममा उहाँले संविधान कार्यान्वयन, शान्ति र विकासको मार्गमा उत्साहित भएर अघि बढ्न सबैमा आग्रह गर्नुभयो ।

सभामुख घर्तीले संविधान कार्यान्वयनमा सहजता ल्याउनका लागि असन्तुष्टको मागलाई सम्बोधन गर्न आवश्यक रहेको बताउँदै अहिले संविधान कार्यान्वयनकै चरणमा रहेकाले यसमा सबैको सहयोग अपरिहार्य रहेको छ भन्नुभयो ।

संविधान कार्यान्वयनसँगै आर्थिक समृद्धितर्फ
सभामुख घर्तीले अब मुलुक आर्थिक समृद्धितर्फ लाग्ने बताउनुभएको छ ।

दाङको विजौरी–६ स्थित असहाय बालविकास केन्द्र नेपालको कार्यालय भवन उद्घाटन गर्दै उहाँले अहिले राजनीतिक तहमा केही मत मतान्तर भए पनि नयाँ संविधान कार्यान्वयनसँगै मुलुक आर्थिक समृद्धिको बाटोमा लाग्ने बताउनुभयो ।

सभामुख घर्तीले संविधानको कार्यान्वयनसँगै राजनीतिक अन्यौलता पनि अन्त हुने र मुलुक आर्थिक समृद्धिको बाटोमा लाग्ने बताउँदै संविधानले आम नागरिकको जीवनयापनको अधिकार सुनिश्चित गरेकाले अब कोही पनि भोकभोकै मर्नु पर्ने अवस्था आउँदैन भन्नुभयो ।

मानवीय सेवा सबैभन्दा उच्च कार्य भएको उल्लेख गर्दै उहाँले असहाय बालबालिकाको शिक्षा, स्वास्थ्य र आवासका लागि स्थापना गरिएको असहाय बालविकास केन्द्र आफ्नो लक्ष्यमा पुग्न सकोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।

असहाय बालविकास केन्द्र नेपालका अध्यक्ष विष्णु चौधरीले आफ्ना लागि बाँच्नुभन्दा पनि अरुका लागि बाँच्दा आउने आनन्दले नै आफूले असहाय बालवालिकाको विकासका लागि जनस्तरबाट सहयोग लिई यो भवन निर्माण गरिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah