काठमाडौं, २९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूसँग छलफल गरिरहेका छन् ।
बालुवाटारस्थित आफ्नै सरकारी निवासमा प्रधानमन्त्री दाहालले मोर्चाका नेताहरूसँग छलफल गरिरहेको स्रोतले जनाएको छ । प्रधानमन्त्री दाहालले छलफलका लागि बोलाएपछि मधेसी मोर्चाका नेताहरू बिहान नौ बजे बालुवाटार पुगेका थिए ।
छलफलमा संविधान संशोधन विधेयक परिमार्जन, स्थानीय तह पुनःसंरचनाको प्रतिवेदन र निर्वाचनका विषयमा छलफल हुने बुझिएको छ ।
मधेसी मोर्चाले संविधान संशोधनविना निर्वाचनमा जान नसकिने जनाउँदै आएको छ । उसले स्थानीय तहको प्रतिवेदनप्रति पनि असन्तुष्टि जनाइरहेको छ ।



