पुस २९, दमक/ एम्नेस्टि इन्टरनेस्नल नेपाल दमक युथ नेटवर्कले आफ्नो ९ औँ साधरणसभाको अवसर पारेर आज दमकको गणतन्त्र चौकमा दण्डहिनता विरुद्ध धर्ना एवं प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ। द्वन्द पिडित नागरीकलाई न्याय दिलाउन दबाव दिने उद्धेश्यले धर्ना एवं प्रदर्शन कार्यक्रम सम्पन्न भएको युथ नेटवर्कका संयोजक सागर पोख्रेलले बताउनुभयो। आखिर दण्डहीनता कहिले सम्म? ९ सरकार उपब्धि शुन्य, दण्डहीनताको अन्त्य गरीयोस, द्वन्द्वकालमा कब्जा गरीएको सम्पत्ति फिर्ता गरीयोस् भन्ने नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरिएको पोख्रेलले जानकारी दिनुभयो। कार्यक्रममा एम्नेस्टि इन्टरनेस्नल नेपालका माहासचिव लक्ष्मी निर्रौला, युवा रेडक्रस सर्कल दमक क्याम्पसका सभापति धन बहादुर पाण्डे, नयाँ शक्ति बिध्यार्थी युनियन केन्द्रीय सचिबालय सदस्य उमेश खनाल लगायत अन्य युथ नेटवर्कका सदस्यहरुको सहभागिता थियो । यसैबिच दिपिनी आधारभुत विद्यालयमा सम्पन्न साधरणसभाले सागर पोख्रेलको संयोजत्वमा ९ सदस्यसीय नयाँ कार्यसमिती पनि चयन भएको छ। समितिको सहसंयोजकमा सविता पाठक, सचिवमा प्रदिप अधिकारी, सहसचिवमा सुनिल राई र कोषाध्यक्षमा विशाल अग्रवाल सर्वसहमत चयन भएका छन् ।




