चितवन, ४ असोज ।काठमाडौँको वीर अस्पतालमा उपचाररत गोरखा फुजेलकी गङ्गामाया अधिकारीले आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्या परिवारिक इबीले गरेको बताएकी छन् ।
अस्पतालमा चितवन जिल्ला अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले गङ्गामायासँग बकपत्र गरी मंगलबार अदालतमा पेस गरेको बकपत्र सहितको मिसिलमा सो कुरा उल्लेख छ ।
बकपत्रमा गङ्गामायाले रुद्र आचार्यबाहेकका अन्य प्रतिवादीहरु गाउँछिमेकका मानिस भएको उल्लेख गरेकी छन् । उनले भनेकी छन् – “देखेचिनेकै व्यक्ति हुन्, त्यति ठूलो इबी त कसैसँग पनि होइन, मेरी माइली देवरानी प्रतिवादीमध्येकी सीता अधिकारीको अंश लगाउन जाँदा निज अधिकारीका मामा प्रतिवादी छविलाल पौडेल, कालीप्रसाद र जमुना पौडेलसहितले “तँ आफ्नो अंश लिई बसेको मान्छे किन अंशबन्डा लगाएको ठाउँमा आउनुप¥यो” भनी वादविवाद गरी धम्की दिएका थिए ।
त्यहीबाट हाम्रो परिवार मास्ने इबी गरेका रहेछन् । निजहरुकै समूहका अन्य प्रतिवादीले हामीसँग रिसइबी राखेका हुन् ।” गङ्गामायाले आफ्ना छोरा कृष्णप्रसादलाई मार्नका लागि नेपाली सेनाको लेसनायक भएको निहुँ पारिएको पनि बकपत्रमा उल्लेख छ ।
उनले भनेकी छन् – “तेरा छोरा आर्मीमा जागिर खाई लेसनायक भएको भनी हामीले मारेका हौँ भनेर असारको १५ गते प्रतिवादीमध्येका छविलाल पौडेलले मेरै घरमा गई भनेका हुन् , हामीले मारिदियौँ, तँ मुसाले के गर्न सक्छस् भनी धक्कीसमेत दिएर गएका हुन् ।”
गङ्गामायाले खासगरी मार्ने योजना बनाउने छविलाल पौडेल र जानुका पौडेल भएको भन्दै निजहरुसँगै विष्णु तिवारी, मेघनाथ पौडेल, कालीप्रसाद अधिकारी, रामप्रसाद अधिकारी, बाबुराम अधिकारी, हिमलाल, रुद्र शुभद्रा तिवारी, सीता अधिकारीसमेत पनि उक्त योजनामा संलग्न रहेको बताएकी छन् ।
गङ्गामायाले आफ्नो बकपत्रमा भनेकी छन् – “मार्नेचाहिँ चितवनमै बस्ने भीमसेन पौडेल र परशुराम पौडेल हुन् । प्रतिवादी छविलाल र परशुराम पौडेल स्वयम्ले हामीले मारेका हौँ भनी अझ ठूला कुरा गरे राम्रो हुँदैन भनेका थिए । निजहरुले नै भनेको आधारमा मैले उल्लिखित प्रतिवादीहरुको संलग्नतामा मेरो छोरा मारेका हुन् भनेको हुँ ।”
प्रतिवादीतर्फका अधिवक्ता गोपीलाल देवकोटाले लिएको बकपत्रको प्रतिलिपिमा गङ्गामायाले भनेकी छन् – “कालीप्रसादका छोरा रामप्रसाद अधिकारीले जेठ २५ गते बिहान १० बजेतिरको समयमा गई तिमीहरुको छोरा कृष्णप्रसाद गाडी दुर्घटनामा परेको छ, भए रु आठ÷१० हजार लिएर जानु प¥यो । अहिले अस्पतालमा उपचार भइरहेको छ भनेका थिए ।
उनले थपिन – “मेरा श्रीमान् भरतपुर अस्पताल पुगिसकेपछि ल भाइको त मृत्यु भइसकेछ भनी तिनै रामप्रसादसमेतले के–के कागज बनाई मेरो श्रीमानको हात समाई सही गर्न लगाई लास बुझेर पोल्नसमेत उक्साएको मेरा श्रीमान् नन्दप्रसाद घर गइसकेपछि यसरी मारेछन् भनी सुनाएपछि थाहा पाएको हुँ ।”
गङ्गामायाले पूर्व तयारीका साथ आफ्नो छोराको हत्या भएको बताएका छन् । बकपत्रमा गङ्गामायाले भनेकी छन्– “प्रतिवादी भीमसेन र पर्शुरामबाहेक चितवनमा मेरो छोरा चिन्ने अरु कोही थिएनन् । मेरो छोरा कृष्णप्रसाद घरबाट निस्किएर चितवन गएकै दिन प्रतिवादी छविलाल मेरो घरमा गई छोराहरु कहाँ गए भनेर सोधेका थिए । मैले सिधै कान्छो चितवन गयो, ठूलो ट्युसन पढाउन गयो भने, वास्तवमा उनीहरु कुरा बुझ्न गएका रहेछन् ।” बकपत्रमा भनिएको छ “छविलालका छोरा प्रतिवादी पर्शुराम पौडेल र निजकै भतिजा भीमसेनलाई कृष्णप्रसाद चितवन आएको कुरा निजै छविलालले भनेका हुन् । आफूहरुको पनि घरायसी रिसइबी भएको हुँदा मेरो छोरा मार्नमा उनीहरुको संलग्नता थियो ।”
छपन्न वर्षीया गङ्गामायाले जाहेरवाला जेठा छोरा नुरप्रसाद अधिकारी चार वर्षदेखि सम्पर्कमा नभएको र श्रीमान्को यसै अस्पतालमा स्वर्गवास भएको पनि बताएकी छन् । बकपत्रका क्रममा उनले छोराको मार्ने मराउने कार्यमा संलग्न छविलाल पौडेल, भीमसेन, पर्शुराम, रामप्रसाद, जानुका समेतका व्यक्तिहरु मुख्य हुन् । बाँकी तिनैका समूहका व्यक्ति भएको बताएकी छन् । कसुरबमोजिम अपराधीहरुलाई कारबाही होस् भन्ने उनको माग छ। गङ्गामायाले पोलिग्राफ टेस्ट गर्न नमान्ने अपराधीहरुलाई कारबाही हुनुपर्नेमा पनि जोड दिएकी छन् ।
सो मुद्दामा यही असोज ९ गते सुनुवाइ हुँदैछ । सो अदालतको ३७ वर्षको इतिहासमा पहिलोपटक अस्पतालका चिकित्सक डा मनेनप्रसाद गोर्खाली र अस्पतालका कानुनी सल्लाहकार पूर्णिमा गुरागाईंको रोहवरमा यही असोज २ गते स्रेस्तेदार पन्तले बकपत्र लिएकी थिइन ।
विसं २०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय, चितवनमा जाहेरी दिनुभएको थियो । त्यसको एक वर्ष छ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिनुभएको थियो ।
चितवन जिल्ला अदालतले २०७१ वैशाख ४ गते किटानी जाहेरी भएकामध्ये आठजनालाई धरौटीमा र तीनजनालाई साधारण तारिखमा छाडेको थियो । दुईजना अदालतको सम्पर्कमा आएका थिएनन् । जसमध्ये रुद्र आचार्य विदेश रहेको बताइँदै आएको छ भने सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएपछि छविलाल पौडेल फरार छन् ।
अदालतले सीता अधिकारी, जानुका पौडेल लामिछाने र सुभद्रा तिवारीलाई साधारण तारिखमा छाडेको छ भने भीमसेन भनिने भीष्म पौडेल, हिमलाल अधिकारी, ठूलो रामप्रसाद अधिकारी र पर्शुराम पौडेल ‘अजीव’लाई प्रतिव्यक्ति रु २७ हजार धरौटी लिइ तारिखमा छोडेको छ । त्यसैगरी मेघनाथ पौडेल, कालीप्रसाद पौडेल, छविलाल पौडेल र रामप्रसाद अधिकारीलाई जनही रु २० हजार धरौटी लिइ तारिखमा छाडेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah