काठमाडौं, ३ माघ । काठमाडौं उपत्यकाको जमिनमुनि पानीको सतह हरेक वर्ष घट्दै गएको छ । जनघनत्व बढ्दै जाँदा जमिनमुनिबाट अत्यधिक पानी निकाल्न थालिएकाले उपत्यकाको जमिन भासिने खतरा भएको विज्ञहरुले बताएका छन् ।

आजको नयाँ पत्रिकामा खबर छ– भूमिगत जलस्रोत विकास समतिका सिनियर डिभिजन हाइड्रोजियोलोजिस्ट सुरेन्द्रराज श्रेष्ठका अनुसार आकाशबाट पर्ने पानी जमिनमुनि जति रिचार्ज हुन्छ, त्यो भन्दा धेरै गुणा बढी निकालिएको छ ।

‘रिचार्ज हुने पानीको मात्राभन्दा अत्यधिक पानी तानिएकाले सन्तुलन मिलेको छैन, यसबाट भयाभह अवस्था आउन सक्ने सम्भावना छ,’ श्रेष्ठले भने ।

समितिका अनुसार कीर्तिपुरमा ०५८ सालमा जमिनभन्दा आठ मिटरमुनि पानी भेटिन्थ्यो, तर ०७१ वर्षपछि ११ मिटरमुनि मात्रै पानी भेटिएको छ । उपत्याकाको जमिन बालुवा र गेग्रानले बनेको कमजोर भू–बनावट भएकाले भासिने खतरा रहेको श्रेष्ठले बताए । ‘जमिनमुनिबाट पानी निकाल्ने, तर पानी जाने अवस्था नभएमा स्वतः खाली भएको भाग भासिन सक्छ, काठमाडौं उपत्यकाको अहिलेको अवस्था यही हो,’ उनले भने ।

भौगोलिक भूवनावट अनुसार जमिनमुनी पानी रिर्चाज हुन्छ । काठमाडौ उपत्यकामा सबैभन्दा धेरै पानी रिचार्ज हुने क्षेत्रमा अत्याधिक घरहरु बनेपछि समस्या बढेको हो । पछिल्ला बर्षहरुमा बर्षा कम भएकाले जमिनमुनी पानी थोरै मात्र रिचार्ज हुने गरेको छ । तर, पानी तान्ने क्रम बढिरहेको छ । ‘काठमाडौ उपत्यकामा वार्षिक एक हजार ५ सय मिलिमिटर वर्षा हुन्छ, आकाशको पानी रिचार्ज भई जमिन जाने हो’ श्रेष्ठले भने । विज्ञहरुका अनुसार उपत्यकाबाट हरेक वर्ष ७० लाख घनमिटर पानी साना ठुला ट्यूवबेल, इनारबाट तान्ने गरिएको छ ।

कुन कुन क्षेत्रमा कति घट्यो पानीको सतह
भुमीगत जलस्रोत विकास समितिले पानीको सतह मापन गर्न उपत्यकाभर ३० वटा डिप ट्यूववेल राखेको छ । जसअनुसार ०५८ देखि ०७१ सालसम्म चार स्थानको पानीको सतह मापन गरेको छ । विज्ञहरुका अनुसार बाग्मती नदिको दायाँबायाँ क्षेत्रमा धेरै आकाशे पानी रिचार्ज हुन्छ । सबैभन्दा धेरै रिचार्ज हुने क्षेत्रमा टोखा, बुढानिल्कण्ठ, सुन्दरीजल, गोकर्ण, बासबारी, धोविखोली क्षेत्र, साँखु, चोभार र फर्पिङ हुन् । यी क्षेत्रमा पनि अहिले जनघनत्व बढेको छ भने धेरै घर बनाइएको छ ।

उपत्यकाको पानीको अवस्था कस्तो छ ?
उपत्यकामा जमिन सतहका खोलाको पानी प्रदुषित छ । तर इनार र साना ट्यूवेलबाट निकाल्ने पानी प्रदुषित मानिन्छ । तर जमिनमुनीबाट डिप ट्यूववेलले निकालेको पानी अरु भन्दा स्वच्छ मानिन्छ । डिप ट्वुव वेलबाट निकालिने पानीमा आईरन र नाईट्राईड जस्ता तत्व पाइने र प्रशोधन गरेमा खान पनि सकिने छ ।

उपत्यकमा ६८४ ट्युबवेल
काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पाँच वर्षअघिको तथ्यांकअनुसार उपत्यकामा ६ सय ८४ डिप ट्युबवेल छन् । त्यसबाहेक पनि इनार र ट्युबवेल रहेका छन् । साना ट्युबवेल, इनार जडानको केयुकेएलसँग तथ्यांक नै छैन ।

कसरी घटाउने असन्तुलन ?
पानी घट्दै गए पनि सरकारी निकायले जमिनमुनि पानी रिचार्ज गर्न कुनै योजना अघि बढाएका छैनन् । सबैभन्दा धेरै रिचार्ज हुने क्षेत्रमा कृत्रिम पानी पठाउनुपर्ने हाइड्रोजिओलोजिस्ट सुरेन्द्रराज श्रेष्ठको भनाइ छ । ‘कृत्रिम रूपमा जमिनमुनि पानी रिचार्ज गर्न पोखरी बनाउनुपर्छ । ठूला खालका डिप ट्युबवेलको अनुमति दिन बन्द गर्नुपर्छ’ श्रेष्ठको सुझाब छ, ‘आफ्नो घर बनाउँदा जमिनमुनि पानी रिचार्ज हुने गरी बनाउनुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah