काठमाडौं, ४ माघ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएपछि आपत्ति जनाएका छन् । र, तस्करलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।

केही दिनअघि पोखरामा आयोजित कार्यक्रममा अर्थमन्त्री महराले सुन तस्करी प्रकरणमा आफू भुरा माछा मात्रै भएको र धेरै ठूला माछाहरु रहेको बताएका थिए ।

यो बयानले उनी आफै पनि सुन तस्करीमा संलग्न छन् भने संकेत गरेपछि जताततै समाचार आएको थियो । सुन तस्करीको समाचारमा जताततै आफ्नो नाम जोडिएपछि महराले मंगलबार विज्ञप्ति जारी गरी आफ्नो चरित्र हत्या गर्न खोजिएको आरोप लगाएका छन् ।

‘सुन बरामद भएको घटनालाई लिएर मन्त्री महराको चरित्र हत्या गर्ने ढङ्गले समाचार प्रकाशन भएकामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै राजनीतिक पूर्वाग्रह राखेर त्यसो गरिएकामा खेद प्रकट गर्दछौं,’ अर्थमन्त्रीको सचिवालयद्धारा जारी विप्तिमा भनिएको छ ।

तस्करमाथि कडा कारवाही गर्ने चेतावनी

यसैबीच अर्थ मन्त्रालयले सुन तस्करीमा संलग्न दोषीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । अर्थमन्त्री महराले हालै सुन बरामद भएको घटनाको गहन अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न अर्थमन्त्रालयका सचिव र भन्सार विभागका अधिकारीलाई निर्देशन दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah