काठमाडौं – नेपाली व्याकरणअन्तर्गत ह्रस्व-दीर्घ सिकाउने तीज गीत सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
सोमबार युट्युबमा अपलोड भएको उक्त गीतको भिडियो यो समाचार तयार पार्दासम्म ९१ हजारभन्दा बढीले हेरिसकेका छन् ।
यसलाई कपी गरेर फेसबुकमा अनाधिकृत तबरले राख्नेहरूले समेत दुई लाखभन्दा बढी भ्युज पाइसकेका छन् ।

शंखमुलस्थित एआईए स्कूलका शिक्षक बिमल घिमिरेले लेखेको सो गीतमा शारदा पराजुली लगायतको स्वर सुन्न सकिन्छ ।
गीतमा ह्रस्व-दीर्घका सामान्य नियमलाई निकै सहज ढंगले प्रस्तुत गरिएको छ ।
हेर्नुहोस् भिडियो –



