सुर्खेत- सरकारले सुर्खेतसहित पाँच जिल्लाका बाढीपहिरो पीडितहरुलाई भूकम्प पीडित सरह राहत प्रदान गर्नका लागि कार्यविधि तयार गरेको छ। २०७१ साउन २८ र २९ गते आएको बाढीपहिरोबाट सुर्खेतसहित मध्यपश्चिमका बाँके, बर्दिया र दाङ एवम् त्यसअघि सप्तकोशीमा आएको बाढीले सिन्धुपाल्चोकमा ठूलो मानवीय क्षति पुर्‍याउनुका साथै हजारौं विस्थापित भएका थिए।

शहरी विकास मन्त्रालयले गत मंसिरको अन्तिम साता बाढीपहिरोबाट विस्थापित भएका पाँच जिल्लाका पीडितहरुलाई गत बैशाख १२ गते आएको भूकम्प पीडितहरु सरह राहत दिनका लागि कार्यविधि बनाउन सहसचिव शिवहरि शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो। सो समितिले आफ्नो समयअगावै कार्यविधि बनाएको छ । सो कार्यविधि गत शुक्रबार नै मन्त्रिपरिषद् बैठकमा पेश गर्ने गरेर दर्ता भइसकेको छ ।

 कार्यविधिमा सुर्खेत, बाँके, बर्दिया, दाङ र सिन्धुपाल्चोकका नौ हजार ७३ घरधूरीले भूकम्प पीडितसरह राहत पाउने छन्। पाँच जिल्लाका नौ हजार ७३ घरधूरीलाई राहत रकम उपलब्ध गराउनका लागि दुई अर्व ९० करोड १८ लाख ५० हजार रकम उपलब्ध गराइने छ । नौ हजार ७३ घरधूरी मध्ये सुर्खेतका एक हजार चार सय ६० घरधूरी यसमा समेटिएका छन् । सुर्खेतमा आठ सय ७५ जना घर भएका र पाँच सय ८५ जना घर नभएका विस्थापितहरु छन् । यस्तै बर्दियाका तीन हजार आठ सय ५९, बाँकेका तीन हजार दुई सय १२, दाङका चार सय ११ र सिन्धुपाल्चोकका एक सय ३१ घरधूरीले पनि भूकम्प पीडित सरह राहत पाउने छन्।

बाढीपहिरोका कारण सुर्खेतसहित तीन जिल्लाका पीडितहरु त्रिपालमा बसेयता तीन वटा सरकार परिवर्तन भएपनि उनीहरुको पुनस्थापनामा कुनै ठोस निर्णय हुन सकेको थिएन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah