काठमाडौं, ५ माघ । यो न्याय मरेको देश भन्दै लोकमान हालको निम्ति डेढ महिने योजनासहित आइतबार दिल्लीतर्फ लागेका छन् ।

जनआस्था साप्ताहिकमा खबर छ– छोरा अभ्युदय र ज्वाइँ सुभाशिषलाई जुवाको खानी भनेर चिनिने अमेरिकाको लास भेगास पठाएर लोकमान दम्पतीले यतिबेला लीला प्यालेस होटलमा डेराडण्डा जमाएको बताइन्छ । त्यहिँबाट आजभोलि नै अमृतसर, हरिद्वारलगायत धार्मिक तीर्थस्थल जाने योजना छ ।

अख्तियार परिसर छाडेर भाइको घर सरेपछि उनले आफन्तमाझ भनेका थिए, दरबारको सबै कर्मचारीलाई ०६२÷६३ को आन्दोलनपछि निजामती सेवामा समायोजन गर्दा नारायणहिटी राजदरबारभित्र कार्यरत रहँदाको सेवा अवधिसमेत जोड्ने काम भएको थियो तर मेरै हकमा चाहिँ त्यो कुरा मान्य भएन र यसै आधारमा अयोग्यताको बिल्ला लगाएर अदालतलाई प्रयोग गरी घोक्रयाएर निकाल्ने काम भयो ।

दरबारको सेवा अवधि नजोड्ने हो भने त्यहाँबाट निस्किएका ५ सय जना कर्मचारीमध्ये चार सय अहिले पनि कुन हैसियतले नेपाल सरकारको विभिन्न विभागमा कार्यरत छन् ? तीमध्ये कतिपयले के आधारमा पेन्सन र निवृत्तिभरण खाइरहेका छन् ?

स्वेच्छिक अवकाश लिने र राजीनामा दिनेलाई कुन हिसाबले सुविधा प्रदान गरियो ? उनको प्रश्न थियो ।

उनले आफन्तमाझ प्रचण्डप्रति आक्रोस व्यक्त गर्दै भने, आफूलाई जानकारी नभएको भनेर जतिसुकै टक्टकिए पनि महाअभियोगका निम्ति केपी ओलीलाई उचाल्ने प्रचण्ड नै हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah