बलिउड अभिनेता गोविन्दाले केही समय अघि नेपालमा घर बनाएर बस्न लागेको खबर सार्वजनिक भएको थियो। यतिबेला उनी नेपाल भ्रमणमा छन्। के साँच्चै गोविन्दा नेपालमा घर बनाउन लागेका हुन् त?

तीन दिने नेपाल भ्रमणका क्रममा शनिबार नेपाल आएका बलिउड सुपरस्टार गोविन्दाले नेपालमा आफ्नो घर बनाउने कुरामा कुनै सत्यता नभएको बताएका छन्।

‘एलजी सिने सर्कल अवार्ड २०७५’मा सहभागी हुन काठमाडौं आएका उनले पत्रकारहरुको जिज्ञासामा यस्तो कुरा बताएका हुन्। के तपाई नेपालमा घर बनाएर बस्दै हुनुहुन्छ? भन्ने पत्रकारको जिज्ञासामा गोविन्दले यस विषयको हल्ला नै कहाँबाट भएको भन्दै आश्चार्य जनाए।

उनले भने, मैले यो कुरा मिडियामा सुनेको हो। मैले सोधेँ सुनितालाई (गोविन्दाकी श्रीमति हुन् सुनिता) यो कुरा कहाँ बाट आयो भनेर। सायद मप्रतिको प्रेम या व्यक्तिगत सम्बन्धको आधारमा यस्तो कुरा निस्कियो या मेरो राजनीतिक छविका कारण यस्ता कुरा निस्कियो। तर कुरा के हो भने नेपाल म आइरहन्छु। विशेष गरी नेपालमा पशुपतिनाथको आशिर्वाद लिनलाई आइरहन्छु।’

नेपाली मिडियमा निकै समय भलाकुसारी गरेका गोविन्दाले नेपाली भाषा बुझ्ने र बोल्नलाई ‘अलि अलि आउछ’ भन्दै माहोललाई रमाइलो बनाएका थिए।

काठमाडौ ओर्लिएलगतै नेपाललाई साहस र प्रेमको धर्ती भन्दै आफूलाई माया गर्ने नेपालीलाई धन्यवाद दिएका गोविन्दाको ३ दिने नेपाल बसाईको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भट्ने र चन्दागिरी पुग्ने समेत योजना रहेको छ ।

यसैबीच, अभिनेता गोविन्दाले आज पशुपतिनाथको दर्शन गरेका छन्।

आइतबार राष्ट्रिय सभा गृहमा आयोजना हुने अवार्ड समारोहमा उनको प्रस्तुति रहने छ। लाइफटाइम अवार्डबाट सम्मानित हुन लागेका वरिष्ठ सिनेकर्मी किशोर रानालाई गोविन्दाले अवार्ड दिनेछन्।

पत्नी सुनिता अहुजा र छोरा यसवर्धन अहुजा शुक्रबार नै नेपाल आएका थिए। शनिबार गोविन्दासँगै छोरी टिना अहुजा पनि नेपाल आएकी छन्। गोविन्दा नेपालका ज्वाँइ हुन्।

यसअघि गोविन्द अभिनेत्री मनिषा कोइरालाको विवाहमा सहभागी हुन नेपाल आएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah