बिष्णुप्रसाद पोखरेल
दमक÷नेपालमा दूइ बर्ष अघि गएको भुकम्पभन्दा ठूलो महाभुकम्पको दरार झापाको दमकमा फेला परेको छ । गोरखा भुकम्पले साढे तीनमिटर जमिनको सतह फरक ल्याएकोमा अहिले दमकमा भेटिएको दरारले १० मिटर सतह सरेको पाईएको जनाइएको छ ।
नेपाल, जापान र अमेरिकाको भुगर्वबिद्हरुले गरेको अध्ययन अनुसार दमकको हम्सेदुम्से सामुदायिक बन क्षेत्रमा भुकम्पको दरार फेला परेको अध्ययनमा संलग्न रहेका डा. दीपक चम्लागाइले बताए । उनका अनुसार यसले सन् १९८० अघि यस क्षेत्रमा ठूलो भुकम्प गएको हुनसक्ने पाईएको छ । कम्तिमा पनि ८ म्याग्नेच्युट भुकम्पको दरार यो भएको उनको भनाइ रहेको छ । बिस्तृत यस बिषयमा प्रतिबेदन आउन भने छ महिना देखि एक बर्ष लाग्ने छ ।
हम्सेदुम्से सामुदायिक बनमा अहिले पनि उक्त दरार जो कोहिले हेर्न सकिने छ । खनेर दरारलाई स्पष्ट देख्ने गरि राखिएको छ । यसलाइ हम्सेदुम्से सामुदायिक बनले संरक्षण गरेर अध्ययन केन्द्र बनाउने काम शुरु गरेको छ । यसै प्रकृतीको दरार मोरङको मधुमल्लामा पनि भेटिन सक्ने अनुमान सहित बिशेषज्ञ टोली अहिले त्यहाँ रहेको छ ।
अध्ययनको बिषयमा नबुझेर स्थानीयहरु त्रसित भए पनि बिशेषज्ञहरुले आफुहरु पुरानो भुकम्पको दरार अध्ययन गर्न आएको र यसले कतिबर्ष पछि अब ठूलो भुकम्प आउछ भनेर अध्ययन गर्न सहयोग पुग्ने बताएकाछन् । यो नेपालका लागि एउटा महत्वपूर्ण अध्ययन हुने र यसबाट धेरै फाइदा लिन सक्ने त्रिभुवन बिश्वबिद्यालयका प्राध्यापक समेत रहेका चम्लागाइले बताए ।
भिडियो:-
https://www.youtube.com/watch?v=PLtcwwzcBDc&t=20s



