९ माघ । जिल्ला प्रहरी कार्यालय खोटाङले लागुऔषध (गाँजा) मुद्दामा एउटा व्यक्तिलाई पक्राउ गर्नुपर्नेमा अर्कैलाई पक्राउ गरी कारबाही गरेको थाहा पाएपछि अदालतले तत्काल छाड्न निर्देशन दिएको छ । गत पुस २४ गते पक्राउ परी कारबाही भोगिरहेका डिकुवा–६ का नरबहादुर मगरलाई शनिबार जिल्ला अदालत, खोटाङले तत्काल छाड्न पत्रमार्फत प्रहरीलाई निर्देशन दिएको हो ।

डिकुवा–२ का नरबहादुर मगरलाई पक्राउ गर्नुपर्नेमा प्रहरीले सोही नामथर भएका डिकुवा–६ का नरबहादुरलाई पक्राउ गरेर कारबाही सुरु गरेको थियो । डिकुवा–२ का नरबहादुरविरुद्ध परेको मुद्दामा अदालतले २०५९ असोज १ गते उनलाई एक वर्ष कैद र रु पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।

डिकुवा–२ का नरबहादुरले कैद र जरिवाना भुक्तानी गर्न बाँकी भएकाले पक्राउ गरी हाजिर गराउन प्रहरीलाई भनिएका निर्दोष व्यक्ति परेकाले तत्काल छाड्न निर्देशन दिइएको अदालतका तहसिलदार डोरनारायण श्रेष्ठले बताउनुभयो । “एउटा व्यक्तिलाई पक्राउ गर्न भनिएकामा अर्कैलाई पक्राउ गरिएको रहेछ ।” उहाँले भन्नुभयो – “निर्दोष व्यक्तिलाई कारबाही भइरहेको थाहा पाएपछि तत्काल छाड्न निर्देशन दिइएको हो ।”

अदालतको निर्देशनपछि कारबाही भोगिरहेका निर्दोष मगरलाई शनिबार साँझ नै छाडिएको जिल्ला कारागार, खोटाङका नायब सुब्बा सुवास राईले जानकारी दिनुभयो । प्रहरी चौकी च्यास्मिटारको टोलीले पुस २४ गते पक्राउ गरेको मगरलाई तीन दिनपछि पुस २९ गते कारागार चलान गरिएको थियो ।

बिना कारण कारबाही भोगेका निर्दोष मगरले कारबाही भोगेबापतको क्षतिपूर्ति पाउनुपर्ने माग गर्नुभएको छ । “बिना गल्ती पक्राउ गरेर मेरो बेइज्जत गरिएको छ ।” उहाँले भन्नुभयो – “मलाई बेइज्जत गर्नेविरुद्ध कारबाही हुनुुपर्छ ।”

स्थानीयवासीका अनुसार डिकुवा–२ का नरबहादुर थापामगर हुन् भने, डिकुवा–६ का नरबहादुर गर्बुजामगर हुन् । प्रहरीको यो लापर्बाहीले प्रहरीमाथि जनताले गरेको विश्वास गिरेको स्थानीयवासी तथा नेपाल विद्यार्थी सङ्घ खोटाङका सभापति राजकुमार राईले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah