माघ १०। धनुषा जिल्ला मालपोत कार्यालयमा सेवाग्राहीसँग घुस लिँदालिँदै गरेको अवस्थामा मालपोतका नायब सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज पक्राउ गरेको छ ।

धनुषाको रघुनाथपुर निवासी पाँच दाजुभाइको जग्गा बाँडफाँडमा कागजी प्रक्रियामा भएको त्रुटी सच्याउन नासु राधेशरण ठाकुरले घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ ।

सेवाग्राहीले कर्मचारीबाटै बिगारिएको कागजको त्रुटी सच्याउन आवश्यक कागजात मिलाउन लेखापढी व्यवसायी देवेन्द्र ठाकुरको सहयोग लिएका थिए । देवेन्द्रले छिटोछरितो काम गराउन त्यसको लागि लाग्ने दस्तुर रु ६ हजारमा एक हजार थपेर कर्मचारीलाई दिए । तर, त्यहाँका नासु राधेशरणले त्यसले नपुग्ने, कम्तीमा चार हजार थप दिनुपर्ने भनी कर गरे ।

घटनास्थलमा पुगेका अख्तियारका बर्दिवास इकाइ प्रमुख एसपी राजकुमार लम्सालले सेवाग्राहीले एक हजार थप्न तयार रहेपनि चार हजार दिन नसकिने बताएपछि नासुले झन् त्यसो भए चारले होइन पाँच हजार लाग्ने कर गर्न थालेपछि अति भएर सेवाग्राहीले अख्तियारलाई गुहारेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah