नेपालको चर्चित रियालिटी शो ‘टिभीएस अपाचे दि भ्वाइस अफ नेपाल’ कार्यक्रममा टिभ सनुपका २ प्रतिस्पर्धीहरु सप्तक र आशिषबीच ब्याटल राउण्डमा साँच्चिकै ब्याटल भएको भन्दै निर्णायकहरुले निकै प्रशंसा गरेका छन् ।

उत्कृष्ट प्रतिस्पर्धीहरु तयार पारेको भन्दै निर्णायक सनुपलाई निर्णायक प्रमोदले सलुट गरेका छन् ।

‘मेरो टिम नभएको हुँदा मैलाई प्रेसर नहुनुपर्ने र ट्यालेन्टलाई शुभकामना मात्र दिनुपर्नेमा यस्तो उत्कृष्ट परफर्र्मेन्स र यस्तो ट्यालेन्ट तयार पारेकोमा म कोच सनुपलाई सलाम गर्दछु,’ कोच प्रमोदले भने ।

कोच प्रमोदले सो ब्याटल राउण्डबाट अर्को चरण ‘लाइभ’मा जान नसकेका प्रतियोगी आशिषलाई टिम सनुपबाट ‘स्टिल’ गरेका थिए । प्रतियोगी आशिष स्टेजबाट बाहिर गएपछि उनले निकै लामो समयपछि मात्र आशिषलाई स्टील गरेका थिए । कोच प्रमोदले यो भ्वाइसबाट बाहिर जानु भनेको हामीलाई निकै घाटा भएको भन्दै उनलाई आफ्नो टिममा स्वागत गरेका थिए ।

कोच सनुपले कोच प्रमोदलाई सम्मानमा रेस्पेक्ट’ भनेका थिए भने कोच प्रमोदले उनलाई सम्मानमा ‘फ्लाईंङ किस’ फर्काएका थिए ।

‘टिभीएस अपाचे दि भ्वाइस अफ नेपाल’मा अन्य प्रतियोगी श्रेया, दिनेश, योगेन्द्र पनि अर्को चरण लाइभमा जान सफल भएका छन् । त्यस्तै अर्का प्रतियोगी सिडि बिजय अधिकारीलाई टिम प्रमोदबाट टिम दिपले स्टील गरेका थिए ।

अब ब्याटल राउण्डकोे केबल दुई एपिसोड मात्र बाँकी छ । सो राउण्डमा को–को प्रतिस्पर्धी अगाडि जान सफल हुनेछन त्यसको लागि भने आगामी सातासम्म कुर्नैपर्ने हुन्छ ।

‘टिभीएस अपाचे दि भ्वाइस अफ नेपाल’ ब्याटल राउण्डमा निर्णायक तथा कोचहरु दिप श्रेष्ठ, अभया सुब्बा, सनुप पौडेल र प्रमोद खरेलका टिमहरुका प्रतिस्पर्धीले एक आपसमा भिडन्त गरिरहेका छन् ।
‘टिभीएस अपाचे दि भ्वाइस अफ नेपाल’ ब्याटल राउण्डमा छानिएका प्रतियोगीहरुमध्ये एक आपसमा सशक्तरुपमा एकै गीतमा गाएर भिडन्त गर्नुपर्छ ।

यो राउण्डमा हरेक प्रतियोगीहरुलाई कोच र कोचका सल्लाहकार टिमले प्रतियोगीहरुलाई प्रशिक्षण गरेर ब्याटल राउण्डमा तयार पारेका छन् ।

यस ब्याटल राउण्डमा चारै निर्णायकहरुको आफ्नो टिमका १२ जना प्रतियोगीहरुले एक आपसमा प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपालमा अहिलेसम्मकै भव्य र रोमान्चक कार्यक्रमको रुपमा संचालन भईरहेको टिभिएस अपाचे दि भ्वाइस अफ नेपालले नेपाली गित संगितको क्षेत्रमा नयाँ आयाम कोर्न सफल हुने अपेक्षा गरिएको छ।
टिभिएस अपाचे सिरिज आरटिआर दि भ्वाइस अफ नेपाललाई टिभिएस अपाचेले मुख्य प्रायोजन गरेको छ ।

Share this:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah