नेपाली मौलिक खानालाई विश्वव्यापीकरण गर्ने र नेपालमा पकवार (ग्यास्ट्रोनोमिक) पर्यटक आकर्षित गर्ने लक्ष्यका साथ केही पर्यटन व्यवसायीहरुले काम गरिरहेका छन्।

होटल एशोसिएशन अफ नेपाल (हान), नेपाल पर्यटन बोर्ड, सेफ एशोसिएसन, रेष्टुराँ एण्ड बार एशोसिएशन अफ नेपाल (रेवान) लगायत संस्थाका प्रतिनिधिसहितको समितिले २८ वटा नेपालका मौलिक खाना अध्ययन गरेर छनोट गरेको हो।

२८ परिकारमध्ये अन्तर्गत सुप परिकार अन्तर्गत क्वाँटी, सिस्ने झोल, फाँडो, ज्वानोको झोल, पञ्चे केवा रहेका छन्। एपटाइजर अन्तर्गत चुकर खण्ड, करेसावारी, चुकाउनी, तिम्मुरे आलु, फुलौरा परेको छ।

मुख्य खानामा सेकुवा, तरुवा, पकुवा, छोयला, मःम, चटामरी, ढुङ्ग्रे रोटी, जोगी भात, दालभात, हिमाली ढिँडो र डेजर्ट अन्तर्गत योमरी, सिकर्नी, दही फाल, खिर र थेकुवा छन्।

याे दशैँ अवसरमा साे राष्ट्रिय मेन्युबाट नेपालखबरले पाँच परिकार छानेर तपाइँ समक्ष पेश गरेका छाैं:

१. पकुवा (पक्कु)

पकुवा बनाउन हड्डी बिनाको खसीको मासी ८०० जिएमएस, ठूलो ४ चम्चा तेल, काटेको प्याज, ठूलो १ चम्चा लसुन र अदुवाको लेदो, बेसार, जिराको धुलो, धनियाको धुलो, खुर्सानीको धुलो, गरमसला सानो १ चम्चा, नुन चाहेजति र हरियो धनियाको पात अवस्यक पर्छ।

कसरी बनाउने?
१. हड्डी  बिनाको खसीको मासु एक–एक एन्च जतिको सानो बनाएर काट्ने
२. काटेको मासु सफा ठूलो भाडोमा हाल्ने
३. भाडामा भएको मासुमा नुन, मसला लगाएत माथि भनिएका सबै सामग्र हालेर मिश्रण गर्ने
४. त्यसपछि २–४ घण्टा जति फ्रिजमा राख्ने
५. पकाउनका लागि कराईमा चाहेजति तेल हालने र तेल तालो भएपछि फ्रिजमा रहेको मासी हालने
३. त्यस पछि ग्यासलाई सानो बनाएर मासु खोपने
४. मासु पाके पछि अवस्यक हरियो धनीया हालने

२. सेकुवा

सेकुवा बनाउन हड्डी विनाको कुखुराको मासु ६ ग्राम, तोरीको तेल ५० एमएल, दही १०० ग्राम, गरममसला एक चम्चा, बेसार डेढ चम्चा, जिरा मसला एक चम्चा, धनियाको धुलो डेढ चम्चा, खुर्सानीको धुला एक चम्चा, लसुन र अनुवाको पेस्ट एक चम्चा (ठूलो), कागतिको रस आधा एमएल, नुन आवस्यकता अनुसार रहेका छन्। यो बनाउन ६ इञ्च लामो बाँकको लठ्ठीपनि आवस्यकता पर्छ।

सेकुवा कसरी बनाउने?
१. सबैभन्दा पहिले कुखुराको मासुमा भएको बासो हटाउने
२. कुखुराको मासुलाई सानो सानो टुक्रा बनाउने
३. ठूलो भाँडोमा माथि लेखिएका सबै सामाग्री हाल्ने
४. ती सबै सामग्रीलाई मिश्रण गरी २ घण्टा फ्रिजमा राख्ने, यसले गर्दा मासु पोल्दा डढ्दैन
५. त्यसपछि ५÷६ वटा मासुको टुक्रा बाँसको लट्ठीमा सिउने र आगोमा पोल्ने
६. मासु पोलेको समय सुख्खा नहोस् भनेर मासुमा तेल लागेको छ कि छैन हेर्ने
७. मासु पाकेको छ भने बासन आउँछ, त्यसपछि सेकुवा तात्तातै खानु उपयुक्त हुन्छ

४. मःमः

मःम: बनाउन आँटा १ केजी, पानी ४ कप, किमा एक केजी, काटेको छ्यापी एक चम्चा (ठूलो), सुख्खा प्याज आधा कप, अदुवा र लसुनको पेस्ट एक चम्चा (ठूलो), तेल दुई चम्चा (ठूलो), नुन आवस्यक मात्राममा र गरम मसला एक चम्चा अवस्यक पर्छ।

कसरी बनाउने मःमः?
१. आँटामा पानी मिलाएर मुछ्ने र डल्ला बनाउने
२. मःमः बनाउनु पहिले हातमा तेल लगाउने
३. मुसेको आँटाबाट सानो सानो डल्ला बनाउने र बेलनामा रोटी बेले जसरी बेल्ने
४. बेलेको आँटाको सानो सानो डल्लामा किमा हालने र आफुले चाहेको आकार दिने
५. त्यस पछि मःमः को भाँडामा पानी उमाल्ने
६. मःमः भाडामा हाल्नु पहिले मःमः नटाँसियोस् भनेर भाँडामा तेल थोरै लगाउने
७. मःमःलाई १०–१५ मिनेटसम्म बाफिने गरी राख्ने
८. पाकेपछि तातो मःमः गोलभेडाको अचारसँग खाने

५. क्वाँटी

क्वाँटी बनाउन निम्न सामग्री आवस्यक पर्छ।

मिश्रित सिमी १०० ग्राम, आवश्यक मात्रामा पानी, घिउ एक चम्चा (ठूलो), ज्वानो एक चम्चा (सानो), तेजपात, काटेको प्याज थोरै, लसुन र अदुवाको पेस्ट एक चम्चा, गरम मसला एक चम्चा, बेसार आधा चम्चा, जिरा आधा चम्चा, नुन आवस्यकता अनुसार, धनिया आधा चम्चा, खोर्सानीको धुलो आधा चम्चा, धनियाको धुलो आधा चम्चा, काटेको गोलभेडा तीन चम्चा (ठूलो) आवस्यक पर्छ।

कसरी बनाउने क्वाँटी?
१. सिमी केलाउने
२. सिमीलाई एक रात पानीमा भिजनएर राख्ने
३. भिजाएको सिमी उसिन्ने
४. कराइमा घिउ हाल्ने, त्यसपछि ज्वानो, तेजपात हाल्ने। त्यसमा प्याज हालेर चलाउने, नपाकेसम्म चलाइरहने
५. त्यसपछि पाकेको सिमी, काटेको प्याज, लसुन र अदुवाको पेस्ट, गरम मसला लगायत आवस्यक सामग्री हालेर नपाकेसम्म चलाउने
६. अन्तिममा काटेको गोलभेडा हालेर चलाउने
७. त्यसपछि आवस्यकता बमोजिम रस हाल्ने र २० मिनेट जति उम्लन दिने
८. उम्लिएपछि तयार भएको क्वाँटी तातो नै खानु खानु उपयुक्त हुन्छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah