हिन्दु पंचांग अनुसार कार्तिकमा तिहार मानिन्छ। यसपालि लक्ष्मी पूजा कार्तिक २ गतेको दिन परेको छ। भनिन्छ ,तिहारमा लक्ष्मी माता पृथ्वीको भ्रमण गर्नुहुन्छ र जुन मानिस पापबाट टाढा रहन्छ ,उसको घरमा माताले कृपा गर्नुहुन्छ। लक्ष्मीको स्वागतको लागि सबैको घरमा पालामा बत्तीले उज्ज्यालो पारीन्छ। यहाँ जान्नुहोस लक्ष्मीलाई आकर्षित पार्न कहा-कहाँ दिओ बाल्नु पर्दछ ।
१ . लक्ष्मी पूजाको दिन पिपलको रुखको मुनि एउटा दियो बालेर घर फर्कनुहोस। दियो बाले पछि पछाडी फर्केर नहेर्नुहोस्।
२ . सम्भब छ भने कुनै सुनसान छेत्र स्थित शिव मन्दिरमा शिवलिङ्गमा नजिक दियो बाल्नुहोस्।
३ .दीपावलीको रातमा घरको मुख्य ढोकामा २ ओटा दियो बाल्नुहोस्।
४. घरको आसपास कुनै चौरमा दियो बाल्नु पर्दछ।
५ .लक्ष्मी पूजा जहाँ गरिन्छ त्यहाँ दिओ बाल्नुहोस्। त्यो पालामा यस्तो व्यबस्था गर्नुहोस् जून रातभर बलिरहोस्।
६ .घरको आसपास कुनै मन्दिर छ भने त्यहाँ दियो अब्स्श्य बाल्नुहोस्।
७ . घरको आँगनमा दियो बाल्नुहोस् ध्यान राख्नुहोस कि दियो को बती निभ्न नपाओस र रातभर बल्न्ने व्यबस्था गर्नुहोस्।
एजेन्सी
अन्य समाचार,बच्चा जन्माईसकेपछी पेटमा बस्ने दाग वा स्ट्रेच मार्क्सलाई सजिलै सधैँका लागि हटाउने गोप्य विधि
गर्भावस्थापछी पेटमा (स्ट्रेच मार्क्स) धर्सा अर्थात् नङको दाग बस्नु महिलाहरुको लागि समस्या नै बनेको छ। महिलाहरु गर्भावस्थामा हुँदा बढी पेट चिलाउने समस्याबाट ग्रसित हुन्छन्। खप्नै नसकिने गरि चिलाउने हुँदा नकन्याईकन बस्नै नसकिने हुन्छ। त्यसैले बच्चा जन्माइसकेपछी कन्याएको नङको दाग पेटमा छर्लङ्गै देखिन्छ। तर यस्तो अवस्थामा पेट कन्याउनु भन्दा सकेसम्म सहेरै बसेको राम्रो हुन्छ किनकी गर्भावस्थामा पेट एक बलुन जस्तै हुन्छ। त्यसकारण जब बच्चा बाहिर निस्किन्छ तब पेट सानो हुन्छ र कन्याएको नङको धर्सा स्पष्ट देखिन्छ। तर यो दाग मेटाउन एकदम गाह्रो र हम्मेहम्मे नै पर्छ। त्यस्तै मोटोपनको कारणले पनि पेटमा यस्ता धर्सा बस्छन्। अचानक तौल बढ्नु र घट्नु जस्ता कारणले पनि यस्ता समस्या आउँछन्। पेटमा बस्ने धर्सा वा दाग मेटाउन जत्ति गाह्रो भए पनि आज हामी यसलाई सजिलै हटाउने प्रभावकारी र लाभदायी घरेलु औषधि विधि बताउन गइरहेका छौँ।
यसका लागि चाहिने सामग्री: घ्युकुमारीको जेल, मन्चन र भिटामिन इ क्याप्सुल ।
बनाउने विधि: एक सफा कचौरामा दुई चम्चा घ्युकुमारीको जेल, ब्रस गर्दा प्रयोग गरिने जत्ति मन्चन र दुइटा भिटामिन इ क्याप्सुलको झोल राख्ने। त्यसपछी यी सामग्रीहरुलाई राम्ररी मिसाउने। पेस्ट तयार भइसकेपछी
लगाउने विधि: अब यो पेस्टलाई पेटको धर्सा वा दागमाथि विस्तारै मसाज गर्दै लगाउने। करिब ५ देखि १० मिनेटसम्म मसाज गर्दै लगाउने गर्नुहोस्। यसरी लगाइसकेपछी रातभरि यतिकै छोड्ने र बिहान उठेर पखाल्नुहोस्।
घ्युकुमारीमा एक अद्भुत गुण हुन्छ जसले शरीरको दाग धब्बा वा धर्साहरु हटाउन मद्धत गर्दछ। त्यस्तै मन्चनले पनि छालाको कालोपन, धब्बा वा वर्षौंदेखि जमेर बसेको बिकार छालालाई निकाल्नुका साथै चम्किलो बनाउन महत्वपूर्ण भूमिका खेल्दछ। यसैगरी भिटामिन इ ले पेटको स्ट्रेच मार्क्सलाई हटाएर रङलाई निखार्न मद्धत गर्दछ। साथै यसले छालालाई नरम र जवान देखाउँछ।
अर्को विधि दिउँसोको लागि: आलुलाई गोलकार आकारमा पातलो बनाई काट्ने र यसलाई पेटको दाग वा स्ट्रेच मार्क्समा विस्तारै मसाज गर्दै लगाउने। लगभग १० मिनेटजत्ति मसाज गर्दै लगाउनुहोस्। यसरी आलुलाई दिनको करिब २ पटक सम्म नियमित लगाउनुभयो भने तपाईंको पेटको दाग, धब्बा र धर्साहरु विस्तारै हट्दै जानेछ।
नोट: “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।”



