काठमाडौं । भनिन्छ, आफुले रोजेको पाइएन भने रोज्नेको साथले जिन्दगीलाई खुसी दिन सक्दैन । अझ पछिल्लो समयमा आधुनिकताको नाममा कतिपय युवा उमेरहरु आफ्नो भन्दा पनि बिपरीत शरीर प्रति आकर्षित बनेर आफ्नो भविष्य नै सखाप बनाउँने घटनाहरु पनि घटि रहेका छन् । यस्तै घटनाको सामना गरेका छन् निर्देशक जीवन शाही र मोडल सगुन शाहीले पनि । उनीहरुको जिन्दगीमा यस्तो घटनाको सामना गर्ने संयोग भने हालै सार्वजनिक भएको गीत मुटुमा बसेनी को भिडियोमा बुनिएको कथाले जुराएको हो ।
ईन्द्र नारायण चोङवाङको मर्म स्पर्शी शब्द तथा संगीतमा गायक प्रमोद खरेलले गाएको उक्त गीतको भिडियो साईराम पिक्चर्सको युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । बिपरीत लिंग प्रतिको गलत सोचको कारण मानव जिवनमा आई पर्ने उतार चढावको कथालाई सहज ढंगले प्रस्तुत गरिएको यस भिडियोमा निर्देशक जीवन शाही र मोडल सगुन शाहीका अलावा अर्जुन र अञ्जुको पनि अभिनय रहेको छ । यस गीतको भिडियोमा प्रमुख अभिनेता रहेका जीवन शाहीकै निर्देशन रहेको भिडियोको निर्देशन समेत आफैंले सम्हालेका छन् भने छायाँकन र सम्पादन ओम प्रसाईंले गरेका छन् ।
भिडियो हेर्न लिंकमा जानुहोस् :



