काठमाडौं, १४ माघ । बाइस हजार थान गरगहना राखिएको वसन्तपुर गद्दी बैठकमुन्तिरको ढुकुटी जोखिममा छ । गृह मन्त्रालयअन्तर्गत समारोह प्रबन्ध फाँट प्रमुख मणिराम पौडेलका अनुसार भूकम्पले गद्दी बैठक भत्काएर तहसनहस पारिसक्दा पनि यसै बैठकमुन्तिर रहेको ढुकुटीलाई कसैले चासो दिएन ।

आजको गोरखापत्र दैनिकमा खबर छ– ढुकुटीमा सुन, हीरा, जवाहरात, देवी देवताका आभूषण, प्रशस्त असर्फी छन् । प्रमुख पौडेलले भने, ‘‘ढुकुटीमा रहेका अमूल्य गरगहनाको संरक्षणार्थ पनि गद्दी बैठकको पुनःनिर्माण जतिसक्यो छिटो हुन जरुरी छ । गद्दी बैठकमुन्तिरको सामान्य छिँडीमा थन्क्याइएका यी गरगहना कतै भग्नावशेषमा नपुरिऊन् भन्ने पिरलो छ । ’’

गुठी संस्थान केन्द्रीय लगत कार्यालय प्रमुख राजेन्द्र दाहालका अनुसार ढुकुटीको साँचो केन्द्रीय लगत कार्यालयमै छ तर ढुकुटीमा लगत कार्यालय एक्लैको पहुँच छैन । २०६८ सालमा सेतो मच्छिन्द्रनाथको गहना झिक्ने राख्ने क्रममा ढुकुटी खोलिएयता ढुकुटी सामुन्ने कोही पुगेका छैनन् । उनका अनुसार सरकारका विभिन्न निकायको रोहवर नभई ढुकुटीमा केही गर्न सकिन्न । उति बेला ढुकुटी राम्रै हालतमा पाइएको हो, भूकम्पपछि के अवस्था छ, थाहा छैन, दाहालले भने ।

उनले लगत कार्यालय नै भत्किएर कर्मचारी पुरिएलान् भन्ने पीर त कसैले लिएन ढुकुटीतिर कसले ध्यान देला भन्दै जोड दिए, ‘ढुकुटीभन्दा लगत कार्यालय रहेको भद्रकालीको भवन पुनःनिर्माण हुनुपर्छ । जोखिम ढुकुटीको हैन, भत्कन लागेको भवनमा काम गरिरहेका कर्मचारीको छ । ’

ढुकुटीमा मानदेवदेखि त्रिभुवनकालीन असर्फी, मणिमाणिक्य, सुनका घण्ट, शङ्ख मुरली, सुनैका देवताका मूर्ति, सुनका पादुका लगायत प्रशस्त सुन तथा हीराका हार रहेको र ती हारलाई २०४७ सालमा रुजु गरिएको अभिलेख छ ।

समारोह प्रबन्ध फाँट प्रमुख पौडेलका अनुसार ढुकुटी र आसपासका भग्नावशेष हेर्दा अत्यासलाग्दो अवस्था छ । फाँटमा रहेका सयौँ गैँडाका खाग र खुर भने तत्कालीन फाँट प्रमुख भगवानप्रसाद ढुङ्गानाको कार्यकालमा गृह मन्त्रालयलाई बुझाइएको छ । ढुकुटी भने यसै अलपत्र छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah