राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानको लागि भन्दै चीनबाट अर्को जहाज ल्याएको छ। ‘एम ए ६०’ नामको उक्त जहाज क्याप्टेन गोपालसिंह विष्टले उडाएर ल्याएको नेपाल वायुसेवा निगमका सहायक प्रवक्ता शैलेश कंसाकारले जानकारी दिए।
विमान कुमिङताङबाट बंगलादेशको ढाका हुँदै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले सवा सात बजे अबतरण गरेको निगमले जानकारी दिएको छ। ‘फेवा’ नाम दिइएको उक्त विमानको नेपालको कल साइन भने ‘नाइन एन–एकेआर’ छ।
अर्को विमान भोलि काठमाडौं आइपुग्ने निगमले जानकारी दिएको छ। दुईवटा जहाज ल्याउने भन्दै निगमको टोली एकसाता अगाडि चीनतर्फ गएको थियो।
हाल आन्तरिक उडानको लागि चारवटा विमान भएपनि ३ वटामात्र चालु अवस्थामा रहेकामा अब दुइवटा विमान आएपछि निगमसँग ५ वटा विमान हुनेछन्। यसपछि निगमले आन्तरिक उडान विस्तार गर्ने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए।
विस २०६९ सालमा नेपाल सरकार र चीन सरकारबीचको प्रत्यक्ष सम्झौता बमोजिम कूल ६ वटा जहाज नेपाल वायुसेवा निगमले ल्याउने र त्यसमा दुईवटा अनुदान र ४ वटा सहुलियत ऋणमा ल्याउनेगरी सहमति भएको थियो।
२०७१ बैशाखमा पहिलो एमए ६० जहाज ल्याएको निगमले कात्तिकमा वाई १२ जहाज अनुदान स्वरुप ल्याएको थियो।
तर संचालनको केही समयभित्र नै दुवै चिनियाँ जहाजमा निरन्तररुपमा प्राविधिक समस्या आएको, त्यसको लागि मर्मतसम्भारमा समस्या भएको,प्रशिक्षक पाइलटको अभाव भएको,बिमा रकम बढी भएको,स्पेयर पार्टसको मूल्य महंगो भएको र तोकिएको भारवहन क्षमता अनुसार विमानले बोक्न नसकेको भन्दै ति विमान चलाउँदा घाटामात्र भएको भन्दै आलोचना भएपछि सहुलियतमा ल्याउने भनिएका २ वटा ५६ सिटका एमए ६० र २ वटा वाई १२ विमान ल्यान बाँकी थियो।
चिनियाँ पक्षको राजनीतिक तहबाटै प्रतिबद्धता आएपछि सरकारकै निर्देशनमा निगमले बाँकी विमान ल्याउन निगमलाई निर्देशन दिएपछि निगमको टोली २ वटा विमान ल्याउन चीनतर्फ गएको थियो। निगमले ल्याउने विमान संचालनको क्रममा घाटा नहुने सुनिश्चित चिनियाँ पक्षले गरेपछि निगम बाँकी विमान ल्याउन तयार भएको अधिकारीहरुले बताएका छन्।
विमा शुल्क घटाउने,प्रशिक्षक पाइलट तालिम शुल्क क‍म गर्ने, स्पेयर पार्टस नेपालमै उपलब्ध गराउने चिनियाँ पक्षको प्रतिबद्धता आएकोले निगम विमान ल्याउन तयार भएको थियो। त्योभन्दा पनि चिनियाँ जहाजको बद्नाम भएको भएको भन्दै राजनीतिक तहबाटै अग्रसरता भएकोले निगमले यसपटक पहिलेजस्तो कठिनता बेहोर्नु नपर्ने एक अधिकारीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah