प्रकाश राज योगी / काठमाडौ तिहार मा देउसी भैली खेल्ने चलन पुरानो हो यसै चलन लाई प्राथमिक दिदै कलाकारहरु ले पनि तिहार को समय मा तिहार लाई नै मध्यनजर गरि देउसी भैलो गीत सार्बजनिक गर्ने गर्दछन । छ जना कलाकार हरु को आवाज मा रहेको देउसी भैलो गीत हजुर को आगनिमा बोल को गीत गोर्खा चौतारी म्युजिक प्रा.ली को युट्युब मार्फत सार्बजनिक भएको छ ।
गायिका उमा श्रेष्ठ , स्मृति गौतम,बिन्दा परियार र गायक अमृत खाती ,भिमसेन खतिवडा ,डी . बी . लोप्चन को स्वर रहेक उक्त गीत मा गायक अमृत खाति र माधब प्रधान को शब्द सृजना माधब प्रधान को लय रहेको छ । प्रकाश खडाका ले चलाएको क्यामेरा लाई मिलन बिश्वकर्मा ले सम्पादन गरेका छन । बिक्रम चुहान को निर्देशन मा रहेको म्युजिक भिडियो मा सन्जिब ठकुरी र टीका जैसी को अभिनय हेर्न सकिन्छ



