काठमाडौँ । नेपाली टेलिभिजनको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्राप्त कार्यक्रम दोस्रो नेपाल आईडल अहिले चलिरहेको छ भने कार्यक्रम पहिलो सिजनमा झैँ एपिवान एचडिबाट प्रसारण भइरहेको छ ।
चर्चित रियालिटी शो नेपाल आइडल अहिले टप ९ मा आइपुगेको छ र हिजोको एपिसोडमा टप १० बाट एक जना प्रतिस्पर्धी बाहिरिएपछि टप ९ को टुङ्गो लागेको छ । तर टप प्रतिस्पर्धीले हिजो आफ्नो प्रस्तुती दिएका थिए आफ्ना साथी साथै नेपाल आइडल १ का टप ३ कन्टेस्टेन्ट मध्ये एकसँग ।
हिजोको कार्यक्रममा नेपाल आइडल सिजन १ का टप ३ फाइनलिष्ट बुद्ध लामा, निशान भट्टराई र प्रताप दासको आगमन भएको थियो । उनीहरूले सिजन २ का प्रतियोगीहरूलाई गायनमा साथ दिएका थिए ।
त्यस्तै यस भिडियोमा पनि नेपाल आइडल सिजन १ का सेकेण्ड रनरअप प्रताप दासले यस सिजनका दुई राम्री केटीहरु निलिमा थापा मगर र अस्मिता अधिकारीसँग गाएका छन् । यी तीनले प्रताप दासकै आवाजमा सजिएको गीत फुल होइन भन्ने गीत गाएका छन् । हेर्नुहेस् उनको प्रस्तुती भिडियोमा..
https://youtu.be/evPzyzjPqd0



