माघ १३ । विश्वको जनसंख्या झण्डै साढे ७ अर्बको हाराहारीमा पुगिसकेको छ, जसमा महिला र पुरुषको संख्या लगभग बराबर नै छ । तर विश्वमा यस्तो मुलुक पनि छ, जहाँ पुरुषको संख्या निकै दयनीय अवस्थामा पुगेको छ । महिलाको अनुपातमा पुरुषको संख्या निकै कम भएकै कारण त्यहाँ कयौं महिलाले विवाह गर्न पाएका छैनन् । हिंसाग्रस्त सिरियामा ७० प्रतिशत महिला अविवाहित छन् । हिंसाका कारण कयौं युवा मारिएका छन् भने कयौं विदेश पलायन भएका छन् । त्यस्तै केही युवा जेलमा छन्, जो विभिन्न आरोपमा सजाय काटिरहेका छन् भने युवाको एउटा हिस्सा सेनामा छ । परिणामस्वरुप, सार्वजनिक स्थलमा महिलाको संख्या निकै बढी देखिन्छ । सिरियामा अविवाहित र एकल महिलाको संख्यामा तीव्र बृद्धि भइरहेको छ । पछिल्लो एक अध्ययनले त्यहाँ ७० प्रतिशत महिला अविवाहित रहेको देखाएको छ । समाजमा शेष रहेका केही युवामा पनि आर्थिक समस्या, असुरक्षाजस्ता कारणले विवाहका लागि प्रतिकुलता सिर्जना भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसारमा कयौं सिरियाली महिलाले आफूभन्दा निकै पाको उमेरका पुरुषको साथ स्वीकार्न थालेका छन् । पुरुष अभावका कारण वहुविवाहको प्रचलनसमेत बढ्न थालेको छ । २३ वर्षीया शिक्षिका याराका अनुसार उनकै हाराहारीमा प्रत्येक चार महिला बराबर एक पुरुष रहेका छन् । उनी भन्छिन्, ‘यस्तै हो भने अब चाँडै नै एक पुरुषको चार पत्नी हुनेछन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah