तीन साताअघि एमालेको नेतृत्वमा राजधानीमा बृहत शक्ति प्रदर्शन भयो । दोस्रो जनआन्दोलनपछि राजधानीमा भएको त्यो दोस्रो ठुलो जनप्रदर्शन भयो । त्यही दिन अभिनेता राजेश हमालको एउटा फेसबुक स्टाटस आयो । उनले उक्त शक्ति प्रदर्शनप्रति अप्रत्यक्ष रुपमा सहयोग व्यक्त गर्दै नेता केपी ओलीसँगको फोटो पोष्ट गरे । केही समययता अभिनेता राजेश हमाल आफ्ना कार्यक्रमबारे मात्र होइन, समयसान्दर्भिक विचारबारे केही बताउनुप¥यो भने सामाजिक सञ्जाल फेसबुक रोज्छन् । त्यस दिन पनि उनले फेसबुकको प्रयोग गरे र एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपीशर्मा ओलीको प्रशंसा गरे । ओलीसँगका दुई फोटो फेसबुकमा राख्दै हमालले लेखे, ‘कुनै पार्टी विशेषमा नलाग्नुको फाइदा राम्रो काम गर्नेको खुलेर प्रशंसा गर्न सकिँदो रहेछ । शुभकामना ।’ यसलाई धेरैले शुभकामनाका रूपमा मात्र बुझेको छैनन् । यस्तो किनभने पछिल्लो समय कलाकारहरू पार्टीमा प्रवेश गर्ने क्रम बढ्दो छ । के अब राजेश पनि त्यही बाटोमा छन् ? प्रश्न उठ्नु स्वाभाविक पनि हो । कतै हमाल पनि एमालेमा प्रबेश गर्न लागेका त होइनन् ? भन्ने प्रश्न पनि धेरैले उठाएका छन् । तर हमालको कुनै पार्टीमा लाग्ने कुनै योजना छैन । एजेन्डाका आधारमा उनले अघिल्लो वर्षदेखि नै ओलीको प्रशंसा गर्दै आएका छन् । हमाल मात्र होइन देशका धेरै स्वतन्त्र व्यक्तिहरुले ओलीको प्रशंसा गर्दै आएका छन् ।

राष्ट्रवादी अडानका कारण ओली राष्ट्रिय हिरो बन्दै गएका छन् । एमाले र माओवादीका कतिपय केन्द्रीय नेताहरुले समेत ओलीको प्रशंसा गर्दै आएका छन् । गत साता राजधानीमा आयोजित एक अन्र्तक्रिया कार्यक्रममा कांग्रेस नेता गुरुराज घिमिरेले ओली भूतपूर्व प्रधानमन्त्री नभई अभूतपूर्व प्रधानमन्त्री भएको भन्दै प्रशंसा गरेका थिए । त्यस्तै गत वर्ष पत्रकार बिजय कुमार पाण्डेले पनि समकालिन नेतामध्ये ओली सबैभन्दा माथि रहेको भनेर प्रशंसा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah