गत जेठ ११ गते प्रदर्शनमा आएको हरर कमेडी सिनेमा ‘सुनकेशरी’ युट्युबमा सार्वजनिक भएको छ ।
बक्स अफिसमा खासै राम्रो ब्यापार गर्न नसकेको सिनेमा सुनकेशरी हलमा आएको पाँच महिनामै युट्युबमा सार्वजनिक भएको हो।
अर्पण थापाको निर्देशन रहेको सिनेमा बिजी इन्टरटेनमेन्ट, ऋचा शर्मा फिल्मस् र द् पिक पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेका हुन्।
सिनेमामा ऋचासँगै कलाकार रविन्द्र झा, सन्नी ढकाल, लरेन लफ्बर्ग, सुनिल पराजुली, प्रेरणा थापा, भीम न्यौपाने, तमन्ना शर्मा, सावित्री आचार्य लगायतका अभिनय रहेको छ।
https://youtu.be/Cz29r8qm07k



