काँकारभिट्टा । रेष्टुरेन्टको पर्खाल भत्किएर आज बिहान एक भारतीय मजदुरको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालयका डीएसपी दुर्गाराज रेग्मीका अनुसार सडक फराकिलो पार्न नाला बनाउने क्रममा धुलाबारीस्थित चाम्लिङ रेष्टुरेन्टको पर्खाल भत्किएर पुर्दा भारत बिहारको सुपौल निवासी मजदुर ५५ वर्षीय सुवोल सिंहको मृत्यु भएको हो । घटनामा २२ वर्षीय विरन सिंह, १९ वर्षीय तिलक सिंह र २१ वर्षीय नाहिर आालम घाइते छन् । उनीहरुको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।



