अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै शरणार्थी र विश्वका सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेश निषेध गरेका छन्। शुक्रबार उनले इस्लामिक आतंकवादीलाई अमेरिकाबाट बाहिर राख्ने भन्दै प्रवेश रोक आदेशमा हस्ताक्षर गरेका छन्। उनले अमेरिकामा इस्लामिक आतंकवादीलाई ‘हेर्न नचाहेको’ टिप्पणी पनि गरेका छन्। उनले भने, ‘जो हाम्रा सैनिकहरुसँग विदेशमा लडाइँ गरिरहेका छन्, उनीहरु हाम्रो देशमा नआऊन् भन्ने हामी सुनिश्चित गर्न चाहन्छौं। हाम्रा जनतासँग प्रेम गर्ने र हामीलाई सहयोग गर्नेलाई मात्र हाम्रो देशमा आउन दिनेछौं।’

उनले सन् २००९ सेप्टेम्बर ११ मा पेन्टागन हमलामा मारिएकाहरुलाई कहिल्यै भुल्न नसक्ने भन्दै उनीहरुको सम्मानमा कुरा मात्र हैन काम गरेर देखाउनुपर्ने बताए। उनको यो कदम यसैका लागि भएको पनि उनले स्पस्ट पारेका छन्। जबसम्म कुन कुन देशका शरणार्थी भनेर तोक्दैन, यो आदेशले अमेरिकी शरणार्थी कार्यक्रमलाई १२० दिनसम्म निलम्बित गर्नेछ। यो आदेशका कारण इराक, सिरीया, इरान, सुडान, लिबिया, सोमालिया र यमनका सबै नागरिकलाई ३० दिनसम्म अमेरिका प्रवेश गर्न पाउने छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah