दमक÷दमकका एक चर्चित राजनीतिकर्मी राम थापा फेरी पनि चर्चामा आएकाछन् । राप्रपा नेपालका सहमहामन्त्री र एकिकरणपछि राप्रपाका पनि सहमहामन्त्रि बनेका थापा शनिबार सम्पन्न एकता अधिवेसनबाट नगर अध्यक्ष बनेका हुन् ।
साँसदमा उठ्दा होस् जुनसुकै समयमा पनि मेयरका लागि भोट माग्दै आएका थापा स्थानीय निकायको निर्वाचनमा आफूलाई मेयरको उम्मेदवारको रुपमा प्रस्तुत गर्दै आएकाछन् । मेयरको जित हासिल गर्नका लागि रणनीतिक रुपमा काम गर्न र निर्णयमा अरुलाइ हावी हुन नदिन उनी अध्यक्ष बनेको बताईएको छ ।
केहि समय अघि अमेरिका पुगेका उनि स्थानीय निकायको निर्वाचन हुने संकेत मिलेपछि हतारहतार नेपाल आएका थिए । थापाले आफू मेयरको उम्मेदवार भएको बताउदै आफ्नो पार्टीबाट कसैले दाबी नगर्ने जनाए ।



