काठमाडौं, १६ माघ । प्रधानमन्त्री प्रचण्ड र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईबीच शनिबार एक सार्वजनिक कार्यक्रममा सवाल–जवाफ भएको छ । तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछारको अवसरमा राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा दुई नेताबीच आसन्न स्थानीय तह निर्वाचनको विषयलाई लिएर सवाल–जवाफ भएको हो ।

आजको नयाँ पत्रिकामा खबर छ– कार्यक्रमलाई पहिले सम्बोधन गरेका नयाँ शक्तिका संयोजक डा. भट्टराईले प्रधानमन्त्री दोधारको अवस्थामा रहेको बताए । ‘मधेसी मोर्चाको माग सम्बोधन गरेर जाने वा त्यसै निर्वाचनमा जाने भन्ने दबाबका कारण प्रधानमन्त्री दबाब र अप्ठ्यारोमा परेको जस्तो देखिँदै छ,’ भट्टराईले भने, ‘प्रधानमन्त्रीले के हो प्रस्ट पार्नुपर्छ । यसरी चल्नेवाला छैन ।’

भट्टराईपछि सम्बोधन गरेका प्रधानमन्त्री प्रचण्डले आफू दोधारमा नभई खुकुरीको धारमा रहेको बताए । ‘दायाँबायाँ दुवैतिर खुकुरकिो धार छ । बीचबाट जोगिएर हिँड्नुपर्ने परिस्थिति हाम्रोसामु छ,’ प्रधानमन्त्रीले भने ।

अतिवादी सोचका विरुद्ध दृढतापूर्वक उभिएर मात्रै चुनौतीलाई अवसरमा बदल्न सकिने भन्दै प्रधानमन्त्रीले थपे, ‘हामी संघर्ष गरेर नै यो ठाउँमा आइपुगेका छौं । फेरि पनि चुनौतीलाई अवसरमा बदलेर देशलाई राजनीतिक स्थिरता दिन आर्थिक समृद्धिको दिशामा लैजान हामी गम्भीर छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah