काठमाडौं — बलिउड अभिनेत्री दीपिका पादुकोणको रणवीर सिंहसँग लामो समयसम्म सम्बन्धपछि अब बिहे हुन लागेको छ ।
विवाह समारोह १४ र १५ नोभेम्बर सम्पन्न हुने भएको छ । दीपिकाको बेंगलुरुस्थित घरमा बिहेअघिको पूजापाठ शुरू भएको छ ।
दीपिका र रणवीरको बिहेमा जम्मा ३० जना पाहुना बोलाइएको छ ।
बिहेमा रंगलाई निकै ध्यान दिइएको बताइन्छ । परिवारका सदस्यका साथसाथै वेटरहरूले पनि ड्रेस कोड पालन गर्नुपर्ने हुन्छ ।
खाना पकाउने शेफहरूलाई निश्चित रेसिपी बिहेको भोजमा प्रयोग गर्न र त्यो रेसिपी अन्त कतै पनि शेयर नगर्न सम्झौता गरिएको छ । सबै खानेकुराहरू विशेष हुनेछन् ।
बिहे सिन्धी र तमिल हिन्दू रीतिरिवाज अनुसार हुनेछ । इटलीको भिया देल बाल्बिायानेलोमा बिहे हुने भएको छ ।
एजेन्सी



