बिष्णुप्रसाद पोखरेल
दमक/आसाम गुवाटीकी नेपाली मुलकी गायिका सुस्मिता शर्मा नेपाली भाषा र सस्कृतीलाइ जोगाउन लागि परेकीछन् । उनले थुप्रै गीतहरु गाएकीछन् । ब्यवसायीक रुपमा ३ बर्षदेखि गीत गाउदै आएकी उनले ५ बर्ष क्लासिकल संगीत समेत सिकेकीछन् ।
उनि पहिला सानामा डान्सर रहेकी थिइन । उनि डान्स गर्थिन । तर अहिले उनको परिचय फेरिएको छ । अहिले उनलाइ भारतको आसाममा गायिकाको रुपमा चिनिन थालेको छ । उनि आफ्नो प्रोफेसनल नै गीत संगीत भएको बताउछिन् ।
सवाल नेपालसंग कुराकानीमा उनले आफुले हिन्दि, आसामी, बोडो, बंगाली, पञ्जाबी र नेपाली गीत गाएको बताएकीछन् । आफ्नै कम्पोजमा गिरागिरा, मिठिमिठी बोलको गीत पनि रेकर्ड गराएकीछन् ।
कार्यक्रममा नेपाल आउने चाहाना छ ?
उनि अहिलेसम्म नेपाल आएकी छैनन् । उनलाइ नेपाल आइडल र भ्वाइस अफ नेपालजस्ता कार्यक्रमले मन जितेको छ । के नेपाल गीत गाउन आउने हो त ? उनले कार्यक्रमहरु आउन सक्ने बताइन् ।
आफ्नै युट्युव च्यानल
उनले भर्खरैदेखि आफ्नै युट्युव च्यानल बनाएर त्यसमा गीत हाल्दै आएकीछन् । उनले आफ्नो यो शुरुवात भएको बताइन् । अब प्रोफेसनल रुपमा नै यसलाइ अगाडि बढाउन आफ्नो चाहाना रहेको उनको भनाइ छ ।
https://www.youtube.com/watch?v=CSjSHZxkXGY



