दमक/प्याब्सनको एक नम्बर प्रदेशको प्रथम प्रदेश अधिवेशनबाट झापा गौरादह स्थित माउष्ट एभरेष्ट माध्यमिक विद्यालयका प्रिन्सिपल नारायणप्रसाद घिमिरे प्रदेश अध्यक्षमा निर्वाचित हुनु भएको छ । घिमिरे लामो समयदेखि नीजि बिद्यालय सञ्चालन गर्दै आएकाछन् ।
घिमिरे यसभन्दा अघि प्याप्सन झापाका अध्यक्ष भनि भइसकेकाछन् । प्याप्सनमा सकारत्मक पकड राख्न सफल घिमिरे कुशल नेतृत्व गर्न सक्ने ब्याक्तिको रुपमा आफ्नो पहिचान स्थापित गरेकाछन् । पहिलो पटक प्याप्सनको प्रदेश कमिटी बनेको जनाउदै यसलाई आफूले अवसरको रुपमा लिएर नीजि बिद्यालयहरुको हकहितमा ध्यान दिने घिमिरे बताए । बिद्यालय, अभिभावक र बिद्यार्थीहरुबीच समधुर सम्बन्ध राख्नका लागि आफू प्रयत्नशिल हुने समेत घिमिरेले जनाए । सवाल नेपालको तर्फबाट उनलाई सफल कार्यकालको शुभकामना ।



