काठमाडौँ, १७ माघ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले सूचना प्रविधिको विकासले मुलुकलाई समृद्ध बनाउन सहयोग पु¥याउने बताउनुभएको छ ।

काठमाडौँको भृकुटीमण्डपमा जारी २३ औँ संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१७ इन एसोसिएसन विथ सामसुङ’ को अवलोकनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो – “मानिसको जीवनमा सही समयमा सही सूचनाले ठूलो महत्व राख्छ ।”

सो अवसरमा जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले पछिल्लो समयमा विकास भएका प्रविधिलाई अवलम्बन गरी जनजीवन सहज बनाउन सकिने बताउनुभयो ।

नेपाली काँग्रेसका नेता एव्म सांसद उदयशमशेर राणाले यस किसिमको इन्फोटेकलाई काठमाडौँ उपत्यका बाहिर पनि प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभयो ।

यही माघ १३ गतेदेखि सुरु भएको सो प्रदर्शनीमा आजसम्म दुई लाख ५४ हजार ३८५ जनाले अवलोकन गरिसकेको आयोजकले जनाएका छन् । प्रदर्शनीमा कतिपय कम्पनीले विभिन्न वस्तुमा छुट तथा आकर्षक उपहारसमेत घोषणा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah