काठमाडौं, १८ माघ । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा काठमाडौंका गुन्डा नाईकेहरूको समेत संलग्नता खुलेको छ ।कुमार घैंटेको हत्यापछि फरार रहेका सिफलका गुन्डा नाइके समिरमान सिंह बस्नेत समेत तिवारी हत्यामा संलग्नता खुलेको उच्च प्रहरी स्रोत बताउँछ । गत ४ पुसमा तिवारीको गोली हानी हत्या भएको थियो ।

दृष्टि साप्ताहिकमा खबर छ– डेढ महिना बित्दा पनि हत्यामा संलग्न कसैलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । बुटवलमा गुन्डागर्दी गर्ने मनोज पुन र बस्नेत मिलेर तिवारीको हत्या भएको हो । उनीहरूले अरुलाई पनि तर्साएर पैसा उठाउन हत्या गरेको स्रोत बताउँछ । बस्नेतको संलग्नता खुलेपछि उनलाई पक्राउ गर्न चासो दिइएको छैन ।

बस्नेत राजधानीमा कांग्रेसका नेताहरूको संरक्षणमा बसेर गुन्डागर्दी गर्दै आएका थिए । कुमार घैंटेको निकट रहेका उनी घैंटे डेढ वर्षअघि प्रहरी इन्काउन्टरमा मारिएपछि भागेका हुन् । उनी भारतमा लुक्दै आएको स्रोतले बताउँछ । बुटवलका पुन पनि भारतमै बस्दै आएका छन् । भारतमा एकीकृत भई उनीहरूले धम्की र हत्याको धन्दा सुरु गर्न लागेका थिए ।

त्यसैको सुरुवातका रुपमा तिवारीको हत्या गरेका हुन् । हत्यापछि विभिन्न व्यवसायीहरूलाई धम्काएर पैसासमेत असुलिसकेका छन् । उनीहरूलाई पक्राउ गर्न प्रहरीले चासो दिएको छैन । एआईजी बिज्ञानराज शर्माको अध्यक्षतामा छानविन समिति गठन भएको थियो । शर्माले पनि छानविनमा चासो दिएका छैनन् ।

अनुसन्धानमा सक्रियताका साथ लागेका लुम्बिनीका एसएसपी शेरबहादुर बस्नेतको समेत सरुवा भउको छ । गृहमन्त्री विमलेन्द्र निधिले पनि अनुसन्धानमा चासो दिएका छैनन् ।

त्यसो त निधिले गृह मन्त्रालय सम्हालेपछि देशभरिका गुण्डा नाइकेहरु उत्साहित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah