काठमाडौँ। पछिल्लो समयको निकै नै चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा अहिले लाइभ राउन्ड चलिरहेको छ। लाइभ राउन्ड अहिले दोस्रो चरणमा प्रवेश गरेको छ। टप ३२ मा परेका ट्यालेन्टमध्ये अहिले ८ जना ट्यालेन्ट बाहिरिसकेका छन् भने अहिले दोस्रो चरणमा टप २४ मा पुगेका ट्यालेन्टहरु भिड्दै छन्।
आइतबार प्रसारण भएको एपिसोडबाट दुई जना निकै नै राम्रा ट्यालेन्ट बाहिरिएका छन्। ती हुन् बर्ता गन्धर्व र विवेक परियार।
तल प्रस्तुत भिडियोमा हेर्नुस् यी दुई ट्यालेन्टको ‘द भ्वाइस अफ नेपाल’मा यात्रा।
https://youtu.be/jVVAfEGY1V4



