झापाका प्रमुख बजारहरुमा रहेका होटल तथा बेश्याबृति तथा यौनजन्य गतिबिधि रोक्नका लागि भएका प्रयासहरु बिफल भएकाछन् । होटल नतथा लजहरुमा आकर्षण बढेपनि यसको प्रभावकारी रुपमा अनुगमन हुन नसक्दा र छिटो पैसा कमाउनका लागि यौनजन्य कृयाकलापलाई होटल ब्यवसायिले प्राथकितामा राखेकाले झापा बद्नाम हुदै गएको स्वय होटल ब्यवसायिहरुले नै बताउन थालेकाछन् ।
होटल ब्यवसायि संघ झापाका अनुसार झापामा ठूला तथा साना गरेर दूइहजार भन्दा बढि होटल, रेष्टुरेन्ट तथा लजहरु रहेकाछन् । पछिल्लो समयमा होटल तथा लजहरु खुल्ने क्रम तिब्र भएको र मझौला प्रकारका होटल तथा लजहरु कतिछन् भन्ने हेक्का कसैले पनि राख्न सकेको छैन । यौनजन्य गतिबिधि, बिकृतीजन्य कृयाकलाप गराउने आधा भन्दा बढि होटल तथा लजहरु करको दायरामा समेत नरहेको बताईन्छ ।
करको दायरा नआएका र होटल ब्यवसयालाई राम्ररी नबुझेकाहरुले बिकृती ल्याएको होटल व्यवसायी संघ झापाका अध्यक्ष भोला उप्रेतीले बताउनु भयो । बिकृती रोक्नका लागि आफूहरु प्रशासनलाई सहयोग गर्न तयार रहेको उहाँले बताउनु भयो । आफूहरु पनि होटलमा हुने गरेको यौनजन्य गतिबिधि रोक्नका लागि संस्थागत रुपमा नै लागिपरेको समेत उप्रेतीको भनाई रहेको छ । होटल व्यवसायमा हुने गरेको विकृति निरुत्साहित गर्नका लागि बारम्बार रुपमा प्रयास भएको बताउदै झापालाई बद्नाम हुनबाट रोक्नका लागि आफूहरु सचेत रहेको उहाँले जनाउनु भयो ।
झापाको दमकमा होटल ब्यवसायमा बिकृती बढेको पाएपछि आचार संहिता बनाएर लागु गराउन थालिएको होटल ब्यवसायि संघका क्षेत्रिय अध्यक्ष राजन दंगालले बताउनु भएको छ । दंगालका अनुसार होटलमा ब्यवसायको रुपमा यौनजन्य कृयाकलाप गराउने होटलहरुलाई प्रशासनले कार्वाही गरेमा आफूहरुले सहयोग गर्ने र त्यस्ता होटल ब्यवसायिलाई कहिल्यै पनि प्रोत्साह नगर्ने दंगालले जानकारी दिनु भयो ।

longersex

झापा जिल्लाका सबै होटल तथा लज ब्यवसायिको बदनाम गराउने काम केहि होटल तथा लजहरुले गरिरहेकाले यसले आफूहरुलाई गम्भिर बनाएको समेत दंगालको भनाई छ । ब्यवसायिको तर्फबाट पनि अनुगमन गर्न थालिएको र प्रशासनलाई समेत सहयोग गरिहेको बताउदै सबै होटलहरुलाई करको दायरामा ल्यारु नियमसंगत काम गराउनु चुनौती रहेको दंगालको भनाई रहेको छ ।
होटल व्यवसायमा हुने गरेकोे विकृति रोक्न होटल ब्यवसायि संघ झापाले हरि मैनालीको संयोजकत्वमा पाँच सदस्य अनुगमन समिति गठन गरिएको छ । अनिवार्य रुपमा होटलका कर्मचारीहरुले परिचयपत्र लगाउनु पर्ने, क्याबिनमा पर्दा लगाइराख्न नपाईने, होटलको कालो सिसा हटाउने लगायतका आचरसंहिता होटल ब्यवसायि आफैले बनाए पनि कार्यन्वयन हुन सकको छैन । आधाभन्दा बढि होटल तथा लजहरु संघमा आबद्ध नभएकाले उनिहरुले आचारसंहिताको पालना नगरेको होटल ब्यवसायि संघलेले जनाउदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah