यो वर्षको विवाह पञ्चमीमा भारतीय धनाढ्य मुकेश अम्बानीकी छोरीको विवाह पनि हुँदैछ। तर ईशा अम्बानी र आनन्द पिरामलको यो जोडीको चर्चा विवाहपहिल्यै नै चुलिएको छ। उनीहरूको विवाहका लागि पठाएको निम्तो कार्डको तस्बिर र भिडियो भाइरल बनेको छ।

भारतीय दैनिक हिन्दुस्तान टाइम्सका अनुसार अम्बानीले छोरीको विवाहमा आउन पठाएको निम्तो कार्डको मूल्य नै झन्डै पाँच लाख रूपैयाँ (तीन लाख भारू) पर्छ।

डायरीजस्तो निमन्त्रणा कार्डको सुरूमै दुबैका नामको पहिलो अक्षर आईए लेखिएको छ। भित्र पवित्र मन्त्रहरू, बेहुला र बेहुलीका हजुरआमाका लागि लेखिएका पंक्ति पनि समावेश छ। बाबुआमाका तर्फबाट छुट्टै र दुलहादुलहीका तर्फबाट छुट्टै निमन्त्रणा र विवाह समारोहका विभिन्न कार्यक्रमको समय तालिका छ।

कार्डभित्र एउटा सुनौलो अक्षरमा बुट्टा भरिएको बाकस छ जसलाई खोल्नासाथ गायत्री मन्त्र बज्न सुरू हुन्छ।

कार्डमा अरू साना चार वटा बाकस पनि छन्। तिनमा रत्नजडित हार र सुनौलो फ्रेममा देवीदेउताका तस्बिर छन्।

 

हेर्नुहोस निम्तो कार्डको भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah