काठमाडौँ । नेपाल आइडल सुजन २ बाट बाहिरिएपछि कृशल कंडेल अहिले विभिन्न मिडियामा अन्तर्वार्ता दिनमा व्यस्त रहेका छन्।
नेपाल आइडलको सबै भन्दा कान्छो प्रतिस्पर्धि कृशलले यसपालि तिहारको टिका निलिमा थापा मगरसंग लगाएका थिए । तर उनी कृशल नेपाल आइडलको मंचबाट बाहिरिँदै गर्दा निलिमा भने उपस्थित हुन सकिनन्। त्यस्तै कृशलले हरेक अन्तर्वार्तामा दिदी निलिमालाई सम्झेर छिटै स्वास्थ्य लाभको कामना साथै दर्शकको लागि सहयोगको अपिल गरेका छन्।
नेपाल आइडलको अन्तिम आठबाट धादिङका कृशल कँडेल बाहिरिएका छन्। ‘म हारेर गएको होइन, धेरै कुरा जितेर बाहिरिएको छु। नेपाल आइडलमा आउँदा मसँग केही पनि थिएन तर उत्कृष्ट आठबाट बाहिरिँदै गर्दा मसँग धेरै कुरा साथमा छन्’, बाहिरिएपछि उनले भने। कृशल ले आफू एलिमिनेट भएको सुन्नासाथ व्यक्त गरेको यो भनाइले सबैको आँखा रसाएका थिए।
हेर्नुस् थप कुराकानी…



