ईश्वर पोखरेल
तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी मुलुकको कार्यकारी अधिकार आफैंले लिएको घोषणा गर्दै प्रत्यक्ष शासन चलाएका थिए ।एमाले महासचिव ईश्वर पोखरेल त्यसबेला आपूर्तिमन्त्री थिए । औद्योगिक क्षेत्र निरीक्षण गर्न सप्तरी गएको अवस्थामा पोखरेललाई त्यहींबाट बन्दी बनाइएको थियो । माघ १९ गतेको कहालीलाग्दो घटनावारे एमाले महासचिव पोखरेलको संस्मरणः

०००
।।।र, यसपटक, अर्थात् २०६१ माघ १९ गते । राजा ज्ञानेन्द्रको सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिने प्रजातन्त्र विरोधी घोषणापश्चात् “सार्वजनिक सुरक्षा ऐन” अन्तर्गत मलाई पुनः गिरफ्तार गरियो । स्कूलमा ८ कक्षा पढ्दै गर्दा पहिलोपटक गिरफ्तारीमा परेको म, ३६ बर्षपछि, मन्त्री हुँदाको अवस्थामा पनि, त्यही कानून अन्तर्गत पुनः गिरफ्तार भएँ । २०२५ देखि २०६१ साल बीचमा म दर्जनौंपटक राजनीतिक कारणले नै गिरफ्तार हुँदै आएको छु । गिरफ्तारीका ती सबै प्रसंग सिनेमाका रिल घुमेजस्तो मेरो दिमागमा घुमिरहेछन् ।

भरतमोहन अधिकारीले केही समय पहिले प्रधानमन्त्रीसित फोनमा कुरा गर्न खोज्दा ‘सुकला होइबक्सेको छ’ भन्ने जवाफ पाएको कुरा अत्यन्त खिन्नभावका साथ सुनाउनु भएको थियो ।

केही दिन पहिलेदेखि नै राजनीतिक वातावरण अत्यन्त अनिश्चित थियो । राजाले ‘टेक ओभर’ गर्ने हल्ला चलिरहेको थियो । आज ‘टेक ओभर’ गर्ने – भोलि गर्ने, जस्ता हल्लाहरू भइरहेका थिए । त्यस्ता हल्ला कसरी र कुन स्रोतबाट हुने गरेका थिए– कसैलाई थाहा थिएन । त्यसो त केही पहिलेदेखि नै ‘राजा सकृय हुनुपर्छ’ ‘सरकार विघटन गरी राजा आफैले शासनसत्ता हातमा लिनुपर्छ’, बहुदलवादी विभिन्न नेताहरूको नाम लिंदै – ती ‘सबैलाई जेलमा कोच्नुपर्छ’ आदि जस्ता कुराहरू सार्वजनिक गर्दै केशरजंग राजयमाझी, सच्चितशम्शेर राणा, भरतकेशर सिंह लगायतका व्यक्तिहरू– केही अनौठा खालका संस्थाहरूमार्फत् प्रकट भइरहेका थिए । राजाको सकृयता पनि अस्वाभाविक किसिमले बढिरहेको थियो । उनका सार्वजनिक अभिव्यक्तिहरू प्रजातन्त्रका विरुद्धमा विषाक्त किसिमले प्रकट भइरहेका थिए ।
गम्भीर बन्दै गएको यस्तो परिस्थितिका सम्बन्धमा पार्टीभित्र पनि छलफल हुने गरेको थियो र मन्त्रीहरूका बीचमा पनि यस विषयमा कुराहरू हुने गर्दथ्यो । तर, त्यो संभावित परिस्थितिलाई रोक्ने सम्बन्धमा खासै पहल र प्रयत्न भने कतैबाट पनि भइरहेको थिएन– हुन सकिरहेको थिएन । खासगरी सरकारको तर्फबाट औपचारिक रूपमा केही निर्णय गरेर यस किसिमको पहल गरौं भनी पटक पटक छलफल गर्दा पनि निर्णय हुन सकिरहेको थिएन । केही राजनीतिक महत्व राख्ने र जनताको हित हुने, उनीहरूलाई आकर्षित गर्ने केही फैसला गरौं भन्यो प्रधानमन्त्री शेरबहादुर देउवा तत्पर नहुने । उनी खालि ‘पख्नुस् – पख्नुस्’ मात्र भनिरहने र प्रस्तावित विषयलाई पन्छाइदिने गर्दथे । विचित्रको स्थिति थियो । प्रधानमन्त्री कहिलेकाहीं ‘परिस्थिति गम्भीर छ’ भन्न समेत चाहिँ भन्ने तर पाइला भने केही नचाल्ने । हामी मन्त्रीहरूले अलिक च्यापेर कुरा गर्यो भने उनको जवाफ हुन्थ्यो – ‘पख्नुस् बहुदलीय संयन्त्रमा कुरा गर्छु, अनि निर्णय गरौंला’ आदि । तर हामीले थाहा पाए अनुसार बहुदलीय संयन्त्रमा गम्भीरताका साथ कहिल्यै कुरा भएन ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन९१६–१७ मंसीर २०६१० को बेला पनि राजाले ‘टेक ओभर’ गर्ने हल्ला खुबै चलेको थियो । राजाले ‘तीन बर्षभित्र माओवादी तथा बहुदलवादी नेताहरू दुबैलाई ठीक गरी मुलुकलाई ट्रयाकमा ल्याउने’ विचार बनाएर केही देशका नेताहरूसित कुरा गर्दैछन् रे भन्ने पनि सुनिएको थियो । त्यसबेला प्रधानमन्त्री शेरबहादुर देउवा पनि केही गम्भीर देखिएका थिए । केही राजनीतिक निर्णयका लागि समेत उनी तयार देखिएका थिए । तर ‘अमेरिका, बेलायत र भारतका कूटनीतिक प्रतिनिधिहरूको तर्फबाट राजालाई त्यस्तो कदम नचाल्न सल्लाह दिइएको’ र ‘राजा केही पछि हटेका छन् रे’ भन्ने जानकारी पाएपछि शेरबहादुरजीमा त्यो गम्भीरता फेरि बिलाएर गएको थियो । उनी फेरि ‘पख्नुस्– हेरौंं’मै पुगेका थिए ।

माघ १७ गते हामी केही एमालेका मन्त्रीहरू उपप्रधानमन्त्री भरतमोहन अधिकारीको क्वार्टरमा राती अबेरसम्म बस्यौं । दरवारमा त्यो दिन दिनभरि राजा सहित उनका केही निश्चित मानिसहरूले ‘टेक ओभर’ को अन्तिम निर्णय गरिसके भन्ने कुरा विशेष स्रोतबाट थाहा पाइएको थियो । हामीले छलफल गरेपछि शिक्षा मन्त्री विमलेन्द्र निधीलाई पनि त्यहाँ बोलाइयो । हामीले गम्भीरताका साथ सामूहिक छलफल गर्यौं । भरतमोहन अधिकारीलाई महासचिव माधवकुमार नेपालले बेलुकापख नै यस सम्बन्धमा केही जानकारी गराइसक्नुभएको रहेछ । निधी सहित त्यहाँ बसेका सबैको तर्फबाट उपप्रधानमन्त्रीले प्रधानमन्त्रीलाई फोन गरी परिस्थितिका बारेमा संक्षेपमा जानकारी गराउनु भयो । हाम्रो योजना थियो– भोलिपल्ट नै केही महत्वपूर्ण राजनीतिक निर्णय गरौं । यही आशयका कुरा भरतमोहन अधिकारीले राख्नुभयो । तर पछि हामीले उहाँमार्फत् बुझ्यौं– त्यसबेला शेरबहादुर गम्भीर कुरा गर्ने ‘मूड’ मा हुनुहुन्थेन । पछि निधी हिंडेपछि हाम्रो बीचमा भरतमोहनजीले भन्नुभयो – गम्भीरतालाई बुभ्mनै नसक्ने मान्छेको पछि लागेर हिंड्दा थाहा पाइपाई पनि मृत्युबाट बच्ने उपाय गर्न नसकिने भयो १ त्यस रात हामी सबै अब के गर्ने भन्ने खासै टुंगो नगरी उठेका थियौं । त्यस रातको प्रसंग संझदा, अहिले पनि लाग्छ – हामीले कसरी पहलकदमी गुमाइसकेका थियौं – कसरी दिशाविहीन बनिसकेका थियौं १

‘अमेरिका, बेलायत र भारतका कूटनीतिक प्रतिनिधिहरूको तर्फबाट राजालाई त्यस्तो कदम नचाल्न सल्लाह दिइएको’ र ‘राजा केही पछि हटेका छन् रे’ भन्ने जानकारी पाएपछि शेरबहादुरजीमा त्यो गम्भीरता फेरि बिलाएर गएको थियो । उनी फेरि ‘पख्नुस्– हेरौंं’मै पुगेका थिए ।

१८ गते बिहान मन्त्रिपरिषदको बैठक पछि, मन्त्रालयका केही कामहरू सकेर ३ बजेतिर म निवास पुगेको थिएँ । मन्त्रिपरिषदको बैठकमा खास गम्भीर कुराभन्दा पनि तपसीलका कुरामै समय सकियो । तर त्यस दिनकै बैठकले एक वर्ष अगाडि रहस्यमय तरिकाले हत्या गरिएका नेकपा ९एमाले० का निवर्तमान सांसद हेमनारायण यादवको हत्या सम्बन्धी छानवीन आयोग बनाउने निर्णय गरेकोले मलाई खुशी नै लागेको थियो । एउटा त राम्रो काम भयो भन्ने लागेको थियो । किनभने अघिल्लो बैठकको बेला अब आयोग नबन्ने हो भने हामी मन्त्रीहरूले नै ‘आयोग बनाउन नचाहने प्रधानमन्त्रीको सार्वजनिक भत्र्सना गर्छौं’ समेत भन्नुपरेको थियो । जे होस् – यो एउटा राम्रो निर्णय लिएर सिरहा जान पाइने भयो भनेर खुशी नै लागेको थियो ।

घरमा मीरालाई मैले गम्भीर बन्दै गरेको राजनीतिक परिस्थितिका बारेमा केही दिन पहिलेदेखि नै कुरा राख्दै आएको थिएँ । उनलाई मेरो सिरहातिरको कार्यक्रमबारे सबै कुरा त्यति राम्ररी थाहा थिएन । थाहा पाएपछि उनले ‘यस्तो परिस्थिति छ– नजाने कि’ भनेकी थिइन् । ‘अब निर्धारित भइसकेको कार्यक्रममा नगई हुन्न’ भन्दै म हिंडेको थिएँ ।

राजनीतिमा एउटा अंध्यारो अध्याय शुरु हुँदैछ भन्ने कुरा थाहा पाउँदा पाउँदै पनि, एक किसिमले नेतृत्वविहीन– पहलकदमी तथा योजनाविहीन भएर म तय भएको कार्यक्रमका लागि हिंडेको थिए । कस्तो निरीहता र अन्यौलपूर्ण परिस्थितिले घेरिसकेको थियो त्यसबेला १

१८ गते बेलुका झण्डै ७।३० बजे म राजविराज क्षेत्रीय प्रहरी इकाई कार्यालयको गेष्टहाउसमा बास बस्न पुगेको थिएँ । त्यहाँ पुग्दा पनि राजाले आज केही गरेनन् भन्ने कुराले ‘आज चाहिँ कट्यो’ भन्ने भइरहेको थियो मलाई । अरु सबै साथीहरूलाई विदा गरेपछि एसएसपी शारदाभक्त रंजितसित झण्डै ११ बजेसम्म कुराकानी भयो । उनले परिस्थितिको गम्भीरतालाई दर्शाउने हिसाबले धेरै विषयमा, कुरा गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा कहिलेकाहीं ‘परिस्थिति गम्भीर छ’ भन्न समेत चाहिँ भन्ने तर पाइला भने केही नचाल्ने । हामी मन्त्रीहरूले अलिक च्यापेर कुरा गर्यो भने उनको जवाफ हुन्थ्यो – ‘पख्नुस् बहुदलीय संयन्त्रमा कुरा गर्छु, अनि निर्णय गरौंला’

१९ गते बिहानै राजविराजको औद्योगिक क्षेत्रको भ्रमण गरी नौ बज्दा नबज्दै सिरहाको लागि हिड्ने योजना बनाइएको थियो । तर बिहानै राजाले १० बजे राष्ट्रका नाममा संबोधन गर्दैछन् भन्ने खबर थाहा पाइयो । १८ गते नै गर्ने काम १९ गते गर्ने भएछन् भन्ने लाग्यो । परिस्थिति अब आफ्नो हातमा छैन भन्ने मलाई लागिसकेको थियो । बिहानै सात बजे सबै साथीहरू गेष्ट हाउसमै आए । एकछिन कुरा गरेर हामी सबै औद्योगिक क्षेत्रतिर लाग्यौं । मैले परिस्थितिको गम्भीरतालाई थाहा पाएर कार्यक्रम छोट्याई जति सकिन्छ चाँडो सिरहा लाग्ने मन बनाए पनि अरु साथीहरूले, परिस्थितिको गम्भीरता थाहा नपाएर हुनसक्छ सामान्य परिस्थितिमा जस्तै छलफल गर्न चाहिरेहका थिए । ‘राजनीतिक परिस्थिति’, ‘सरकारका काम’, पेट्रोलियम पदार्थको भाऊ वृद्धि आदि जस्ता विषयमै उनीहरू र्याईं र्याईं गरिरहेका थिए । पछि मैले त्यहाँ सुमन प्याकुरेल, दिवाकर देवकोटा लगायतका साथीहरूलाई केही कुरा बताएर कार्यक्रम छोट्याउन लगाएँ । मैले त्यहाँ साथीहरूले उठाएका तपसिलका विषयहरूमा भन्दा पनि राजाबाट चालिन लागेको अप्रजातान्त्रिक कदमप्रति संकेत गर्दै ‘प्रजातन्त्रका विरुद्ध चालिने कुनै पनि कदमको प्रतिवाद गर्नु पर्ने’ कुरा राखेको थिएँ । त्यहाँ उपस्थित भएकाहरूले राजाको सम्भावित प्रतिगामी कदमबारे के कति बुझे कुन्नि, मसँगै रहेका डिएसपी र सिडिओ भने मतिर हेर्दै एक आपसमा मुखामुख गर्दै थिए ।

त्यसैबीच मैले काठमाडौंमा भरतमोहन अधिकारी, के।पी। ओलीसित केही कुरा गरिसकेको थिएँ । उहाँहरूले पनि अब राजाले ‘टेकओभर’ को संभावना छ भन्ने जानकारी गराउनु भयो । त्यसबेला भरतमोहन अधिकारीले केही समय पहिले प्रधानमन्त्रीसित फोनमा कुरा गर्न खोज्दा ‘सुकला होइबक्सेको छ’ भन्ने जवाफ पाएको कुरा अत्यन्त खिन्नभावका साथ सुनाउनु भएको थियो । त्यसैबीच मेरो मोबाइलमा कृष्णगोपाल श्रेष्ठ, राजेन्द्र पाण्डे, विष्णु रिमालले कुरा गरी परिस्थितिबारे जानकारी लिनु खोज्नुभएको थियो । उहाँहरू कसैलाई पनि म राजविराजमा छु भन्ने थाहा थिएन । मैले एकैछिन अगाडि गरेको फोनको प्रत्युत्तरमा प्रधानमन्त्री शेरबहादुर देउवाको फोन आयो । उहाँ भन्दै हुनुहुन्थ्यो – ‘राजाले दश बजे ‘टेक ओभर’ गर्दैछन्, हामी अहिले बालुवाटारमै क्याविनेटको बैठक गरी त्यो कदमलाई कन्डेम गर्ने छौं । हामी सबै पार्टी संयुक्त रूपमा स्ट्राटेजी बनाएर अगाडि बढ्ने छौं आदि ।’ केही बेर अगाडि प्रधानमन्त्रीलाई फोन गर्दा भारतीय राजदूत वालुवाटार पुगेको थाहा पाएको थिएँ । अलिकति समय रहंदै राजनीतिक पहलकदमी लिन नसक्ने प्रधानमन्त्रीबाट व्यक्त भएको आक्रोशको केही अर्थ छैन भन्ने मलाई लाग्यो । त्यसैबीच घरमा मीरासित दुई–तीनपटक कुरा भइसकेको थियो । मैले उनलाई परिस्थितिको गम्भीरता बुझी सबै काम गर्न सल्लाह दिएको थिएँ ।

हामीले कार्यक्रम छोट्याए पनि सुरक्षा निकायका मानिसहरूले मलाई सिरहा जान नदिई त्यहीं नजरबन्दमा राख्ने योजना बनाइसकेका रहेछन् । राजाको घोषणा हुनासाथ औपचारिक रूपमा नियन्त्रणमा लिने भनी उनीहरूले ‘माथि’ बाट निर्देशन पाइसकेका रहेछन् । हामी सबै औद्योगिक क्षेत्रको एकछिनको कार्यक्रमपछि दश बज्न लागेका कारण प्रत्यक्ष–प्रशारण सुन्न जिल्ला कमिटीका सचिव दिवाकर देवकोटाको घरमा गयौं । हामीसँगै सुरक्षाकर्मीहरूको टोली डिएसपी संजयसिंह बस्नेतको नेतृत्वमा थियो । मन्त्रीको सुरक्षा भन्दा पनि राजाको घोषणा हुनासाथ नियन्त्रणमा लिने हिसाबले उनीहरू हाम्रो पछाडि लागेको मैले बुझिसकेको थिएँ ।

निधी हिंडेपछि हाम्रो बीचमा भरतमोहनजीले भन्नुभयो – गम्भीरतालाई बुझ्नै नसक्ने मान्छेको पछि लागेर हिंड्दा थाहा पाइपाई पनि मृत्युबाट बच्ने उपाय गर्न नसकिने भयो १

दिवाकर देवकोटाको घरमा राजाको घोषणा सुनेपछि सुरक्षा कर्मीहरूको व्यवहार हामीलाई नियन्त्रणमा लिने खालको प्रष्टै देखिन्थ्यो । उनीहरू विशेष सतर्क देखिन्थे । ममाथि उनीहरू विशेष नजर दिइरहेका थिए । साथीहरूका बीचमा स्तब्धता छाएको थियो । राजाको घोषणा सकिनासाथ मैले त्यहाँ रहेका सबै साथीहरूलाई भनेको थिएँ– ‘राजाले आफ्नो योजना अनुसार काम गरेका छन्, अब हामी आपूmले गर्नुपर्ने काम गर्नुपर्छ ।’ गेष्ट हाउसमा आउने हिसाबले म गाडीमा बसें । मसँगै पूर्व सांसद जगदीश साह, दिवाकर देवकोटा र पत्रकार प्रकाश खतिवडा पनि बस्नुभयो । सप्तरीमा पार्टी परिचालनका लागि दिवाकर सुरक्षित हुने कुराले विशेष महत्व राख्थ्यो भन्ने मलाई लागेको हो । तर पनि मलाई, सुरक्षाकर्मीहरुले अघोषित नियन्त्रणमा लिएको बेला उहाँले साथै लाग्ने कर्तव्य ठान्नु भयो, शायद ।

काठमाडौंदेखि नै मसित आएको टोली त छंदै थियो । गाडीमा बसेपछि डिएसपीलाई मैले ‘अब झण्डा किन फहराउने– हटाए भैहाल्यो नि’ भने । उनले हाँस्तै ‘हो त नि’ भन्दै अर्को पुलिसलाई झण्डा छोप्न आदेश दिए । वास्तवमा यही बेला मलाई बन्दी बनाइसकिएको थियो ।

सरासर गेष्ट हाउसमा आइपुग्दा त्यस्तै पौने एघार बजेको हुँदो हो । हामीलाई त्यहीं खानपिन गराइयो । अब मैले सिरहा वा विराटनगर फिर्ने चाहना व्यक्त गर्नु पनि उचित लागेन । किनभने प्रहरीले ‘माथि’ को आदेश बमोजिम नै म लगायत अरु साथीहरूलाई नियन्त्रणमा लिइसकेको थियो ।

हामी हिरासतमा लिइएकाहरूमध्ये प्रकाश खतिवडालाई बाहिर लगी प्रहरीका हाकिमले केही भने । प्रकाश नेकपा ९एमाले० का सदस्य तथा प्ररायुसंघका जिल्ला स्तरीय कार्यकर्ता भए पनि पत्रकार तथा मानव अधिकारसित सम्बन्धित संगठनमा आबद्ध भएका कारण गिरफ्तार नगर्ने निर्णय भएको रहेछ । बाहिर लगेर उहाँलाई त्यही कुराको जानकारी गराइएको रहेछ । उहाँ गह्रुङ्गो मनले हामी सबैसित हात मिलाएर विदा हुनुभयो । हामी कोठाभित्र बसेकाहरू अब ककसको लागि के आदेश छ, त्यसै अनुसार प्रहरी हाकिमहरूले गर्ने होलान् भनी मैले मन बनाइसकेको थिएँ । औद्योगिक क्षेत्रको भ्रमणका लागि सँगै आउनुभएका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष रमाकान्त मैनालीलाई फिर्न सल्लाह दिएँ । उहाँ त्यसैदिन विराटनगर हुँदै काठमाडौं जानुभयो । हिंड्ने बेलामा उहाँले मलाई बन्दी बनाइसकेको बुझेर आपूmसँग ल्याएको पैसामध्ये एक हजार दिन खोज्नुभयो । मैले आपूmसँग हजार बाह्र सय छंदैछ, चाहिएन भनेको, मान्दै मान्नुभएन । के पर्छ कसो पर्छ लिइराख्न विशेष आग्रह गरेपछि मैले लिएँ । उहाँ गएपछि काठमाडौंबाट मसित आएको टोलीमा विश्व र मेरो गार्ड गणेशदल गुल्मबाट आएका काठमाडौं कलंकीका कृष्ण थापा मात्र बाँकी रहेका थिए । त्यसबेला सबैतिरका टेलिफोनहरू काटिए पनि एसएसपीको निवासको लाइन भने काटिइसकेको थिएन । मैले सँगै रहेका इन्सपेक्टर गौतमराज कट्टेलसित भनेर काठमाडौं पार्टी अफिसमा सम्पर्क गरें । त्यसबेलासम्म पार्टी अफिसको फोन, नभ्याएर होला, काटिइसकेको थिएन । कसो कसो चन्द्रदेवसित सम्पर्क भयो । उसले एकै सासमा ‘केही समय पहिले अफिसमा दर्जनौं सशस्त्र प्रहरीहरू आएका, अफिसका सबै कोठाहरूको तलासी गरेका, त्यहीँबाट प्रदीप नेपाल र रूपनारायण श्रेष्ठलाई गिरफ्तार गरिएको, वामदेव गौतम, राजेन्द्र पाण्डे, महेन्द्र पाण्डे आदिलाई पनि समातिएको, माधव नेपाल, अमृत वोहरा, के।पी। ओलीहरूलाई घरमै नजरवन्दमा राखिएको जानकारी दियो । मैले उसलाई आपूm राजविराज एसएसपी अफिसमा भएको जानकारी दिएँ । मन्त्री निवासमा फोन काटिइसकेकोले हुनुपर्छ लाग्दै लागेन । अन्त केही ठाउँमा पनि गर्ने कोशिस गरँे, तर भएन । कसो कसो जीवनराज शाक्यसित सम्पर्क भयो । मैले उहाँलाई संक्षिप्तमा सबै कुरा बताई मीराहरूलाई आजै क्वार्टरबाट सर्न भनिदिन र त्यस कामको लागि सहयोग पुर्याइदिन अनुरोध गरेँ । अस्तव्यस्त परिस्थिति र मेरो अनुपस्थितिले मीरालाई घरमा सर्न कठिनाइ भयो होला भन्ने ठानेर मैले उनीसित सहयोगको आशा गरेको थिएँ । यति ठाउँमा कुरा गर्नासाथ फोन च्वाट्टै काटियो । फोनबाट भइरहेका कुराको कहींबाट सेन्सर भइरहेको आभाष मैले पाएँ ।

गाडीमा बसेपछि डिएसपीलाई मैले ‘अब झण्डा किन फहराउने– हटाए भैहाल्यो नि’ भने । उनले हाँस्तै ‘हो त नि’ भन्दै अर्को पुलिसलाई झण्डा छोप्न आदेश दिए । वास्तवमा यही बेला मलाई बन्दी बनाइसकिएको थियो ।

२०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरी सेनाको बलमा सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको कुरालाई इतिहासको कुख्यात अध्यायको रूपमा पछिल्लो पुस्ताका सबैले पढेका छन् । आफ्नै बाबुको उद्देश्यलाई एक किसिमले अक्षरसः अनुशरण गर्दै राजा ज्ञानेन्द्रले गरेको ‘कू’ को परिणाम नेपालका प्रजातन्त्रका पक्षधर नेपाली जनताले कसरी भोग्नुपर्ने हो, म यस्तै तर्कनामा थिएँ । संभव ठाउँहरूमा टेलिफोन सम्पर्कका लागि कोशिस गरिरहंदा यिनै कुरा मेरो दिमागमा तूफानको रूपमा उठिरहेका थिए । कोठामा आएर जिज्ञासा, आशंका र अनिश्चिततामा घेरिएका दिवाकर र जगदीशलाई बाहिरको अवस्थाबारे बताइसक्न पाएको थिइन, त्यतिबेलै उहाँहरूको लागि ‘सार्वजनिक सुरक्षा ऐन’ अन्तर्गत तीन महिने थुनुवा पुर्जी लिएर प्रहरी आइपुग्यो । प्रहरीको एउटा टुकडी उहाँहरूलाई जेल लैजान आइसकेको थियो र त्यसरी एकाएक तुरुन्तै हिंडाइ पनि हाल्यो । छुट्टिनुपरेकोमा उहाँहरूले केही नरमाइलो मान्दै हात मिलाउनु भएको थियो । उहाँहरू विदा भएपछि मलाई एकैछिन नरमाइलो पनि लाग्यो । अब मसित कोठमा विश्व मात्रै थियो । मेरो गार्ड जमादार थापा झोक्राएर बाहिरै गाडीमा बसिरहेका थिए । केही समयपछि एसएसपी आएर मलाई ‘नियन्त्रणमा लिइएको भए पनि ‘माथि’ नै पठाउन आदेश आउँछ कि भनेर पर्खेर बसकेको, आएको छैन, केही निर्देशन नआउन्जेल हजुरका लागि चाहिँ हामी पर्खन्छौं’ भने । ‘ठीकै छ’ भन्नु बाहेक मैले अरु भन्न आवश्यक ठानिन ।

१९ गतेको राती मैले त्यहीं बिताएँ । २० गते बिहानै विश्वलाई मेरो लागि नपर्खन, काठमाडौं जान र बरु त्यहाँ गएर सघाउन भनेँ । उ जाने तयारीमा लाग्यो । जानुभन्दा अगाडि उसले बन्दी अवस्थामा चाहिने आवश्यक सामानहरू किनेर ल्याइदियो । त्यहीँ काम गर्ने ज्वाईं महेन्द्र उपाध्यायलाई पनि सँगै ल्याएर परिचय गरायो । भूmल सहित एक सेट ओछ्याउनेको व्यवस्थाको लागि उहाँलाई जिम्मा दियो । यसैबीच स्थानीय आर्मी व्यारेकका प्रमुख मेजर रामचन्द्र खत्री आएर मसित काठमाडौंदेखि आएको जमादार थापालाई आफ्नो व्यारेकमा लिएर गए । जमादारलाई मैले कोठामै बोलाएर ‘यस्तै भयो भाई, पछि पनि भेट्दै गर है’ भनेँ । धन्यवाद भन्दै केही पैसा पनि दिऊँ कि जस्तो लागेको थियो । तर त्यहीँ मेजर भएका कारण उचित नहोला भनेर दिइन । उनले केही नबोले पनि नमीठो मान्दै, स्यालुट हानेर विदा भए । एकछिन पछि विश्व पनि विराटनगरबाट आउँदा ल्याएको गाडीबाटै त्यता लागे । थुनुवा पुर्जी नै नपाए पनि त्यसबेला म पूर्ण रूपमा बन्दी भइसकेको थिएँ ।

विश्वको हातमा मैले घरमा सम्झाइ–बुझाइ गरेर एउटा सानो पत्र पनि पठाएको थिएँ ।

विश्व हिंडेको लगभग दुई घण्टापछि एसएसपीले आएर ‘जसलाई जहाँ गिरफ्तार गरिएको छ, त्यही ठाउँमा राख्ने नीति भएको माथिबाट जानकारी आयो हजुर । हजुर पनि यहीं बस्नुपर्ने भयो । जेलमा जानुपर्ने भयो’ भने । म त मानसिक रूपले नै तयार भइसकेकै थिएँ ।
हिंड्ने बेलामा स्वकीय सचिव नारायण सिलवाललाई भनेर क्षेत्रहरूको भ्रमणमा आवश्यक पर्ने विषयहरूको टिपोटका लागि एउटा डायरी लिएको थिएँ । त्यो नयाँ डायरीमा अब बन्दी अवस्थाका कुराहरू लेख्नुपर्ला भन्दै पानाहरू पल्टाएँ । शुरुको पानामा एकछिन ‘के लेखुँ, के लेखुँ’ लाग्यो । राजा ज्ञानेन्द्रको घोषणालाई एकपटक फेरि संझेँ । “राजाले जोखिमको जुवा खेलेका छन्” “यो जनता तथा प्रजातन्त्र विरुद्धको युद्ध घोषणा हो”, डायरीको पहिलो पानामा मैले यिनै शब्दहरू लेखेँ । जेल जान कोठाबाट बाहिर निस्कँदा वरिपरि हेरेँ । सशस्त्र प्रहरीहरूको भ्यान तयारी अवस्थामा थियो । उनीहरू म बाहिर निस्कनासाथ तयारीको पोजिसनमा देखिए ।

त्यसबेला आँगनको छेउमै रहरलाग्दा बोटविरुवाको बीचमा ठिङ्ग्रिङ्ग खडा सुकेको सिसौमा एउटा कालो काग कराउँदै थियो ।
२१ माघ, २०६१
राजविराज जेल
९ईश्वर पोखरेलद्वारा लिखित पुस्तक ‘माघ १९’ बाट लिइएको हो ।०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah