१९ माघ– एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको माया गर्नेलाई खोजी खोजी जाइलाग्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएकोप्रति आश्चर्य ब्यक्त गरेका छन् । फागुन २१ बाट सुरु हुने पार्टीको मेची–महाकाली अभियानवारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ओलीले प्रधानमन्त्री दाहालले जस्तो आफूले भिड्ने निम्तो स्वीकार गर्न अप्ठ्यारो परेको पनि वताए । ‘प्रधानमन्त्रीजस्तो मान्छे हामीले लुटेर खाएको देखिसहेका छैनन्, राष्ट्रवादका नाममा हावा चलाइँदैछ अब नसुत, जाइलाग भनेर आव्हान गर्दै हिंड्नु भएको छ’ दाहालले मंगलवार वाइसीएल भेलामा गरेको सम्बोधनप्रति लक्षित गर्दै ओलीले भने, ‘के गर्नु मैले आउनुस् न त भिडौं भन्न नमिल्ने, प्रधानमन्त्री भएको मान्छे सम्हालिएर बोलेको भए राम्रो हुन्थ्यो ।’ ओलीले प्रतिपक्षी दललाई जनतामा जान नदिने भन्दै सत्ता समर्थक दलहरुले तराईमा जारी गरेको उर्दीलाई फासिवादी भन्दै संसदमा प्रतिपक्षी दलको ब्यवस्था खारेज गर्न पनि सल्लाह दिए ।

‘प्रतिपक्षी दललाई जनतामा जान दिईंदैन भनेर सत्ता समर्थक दलले घोषणा नै गरिसके, निसर्त रुपमा प्रतिपक्षी दलले पाउने संसदको लेखासमिति सभापतिमा उहाँहरु मिलेर आफैं बनाउनु भयो’ ओलीले भने, ‘अव प्रतिपक्षी दलको नेता पनि आफैंले निर्णय गरेर लिए हुने हो । मेरो सुझाव छ– एउटा प्रतिपक्षी दलको नेता पनि आफैं निर्णय गरेर बनाउनुस् सजिलो हुन्छ ।’ निर्वाचन मिति घोषणा गर्ने विषयमा कांग्रेस, माओवादी र मधेसी मोर्चाले तँ कुटेजस्तो गर म रोएजस्तो गर्छु भनेजस्तै तमासा देखाइरहेको ओलीले वताए । उनले सत्तारुढ दलका नेताहरुले रेडियो अन्तरवार्तामा समेत विपक्षी दलले नमाने विदेशी शक्ति लगाइदिने धम्की दिएको वताए । ‘चुनाव घोषणा नगर्न एउटा कुटेजस्तो गर्छ, अर्काे रोएजस्तो गर्छ’ ओलीले भने, ‘आज बिाहन एउटा रेडियोमा अन्तरवार्ता नै सुनेँ, लाजै नमानी भन्छन् अव विपक्षीलाई जनतामा जान दिंदैनौं, एमालेलाई विदेशी शक्ति लगाइदिन्छौं ।’ अहिले एमालेको विरोध गर्ने कुनै मुद्दा नमिलेकाले खोक्रो राष्ट्रवाद, महेन्द्रीय राष्ट्रवाद, अहंकारी राष्ट्रवाद जस्ता भ्रामक हल्ला चलाइएको वताउँदै ओलीले राष्ट्रको स्वाधीनता, स्वतन्त्रता, राष्ट्रिय एकता, सार्वभौमसत्ता र स्वाभीमानको ब्याख्या गर्दै आफ्नो दलको उद्धेश्य स्पष्ट पारे ।

‘कुनै देशसँग कटुता बढाउने कुरा छैन, कसैसँग सम्बन्ध बिगार्ने कुरा पनि हामीले गरेका छैनौं’ ओलीले भने, ‘छिमेकी देशहरुसँग पारस्परिक हित र अहस्तक्षेपको सम्बन्धको नीति लिंदा खोक्रो राष्ट्रवाद, महेन्द्रीइ राष्ट्रवाद भन्दै भ्रम फिजाइएको छ ।’ देशभक्तिको कुरा गर्नासाथ महेन्द्रीय राष्ट्रवाद भन्दै जनता देशभक्त नहुने सन्देश दिन खोजिएकोमा ओलीले आपत्ती जनाए । ‘देशभक्तिको कुरा गर्यो कि महेन्द्रीय राष्ट्रवाद भन्छन्’ ओलीले भने, ‘देशलाई जनताले माया गर्दैनन् राजाले मात्रै माया गर्छन् भन्ने सन्देश दिन खोजेका छन् ।’ सत्तासीन दलहरु देशको हितविरोधी गतिविधिमा क्रमैसँग सक्रिय रहेको र उनीहरु निकट ‘बुद्धिजीवी’ले त्यसलाई स्वभाविक भन्दै लेख्ने गरेको ओलीले वताए । ‘मुसाले पेट भर्नका लागि लुगा काट्दैन, लुगा वा त्यस्तै वस्तु नकाटे उसको दाँत बढ्छ, त्यसैले दाँत उध्याउनका लागि लुगा काट्छ । थोत्रा लुगा मात्रै काटे त हुने नि, नयाँ सुट काटिदिन्छ’ ओलीले भने, ‘अहिले केही ‘बुद्धिजीवी’ छुरामा ओल्टाइपल्टाइ धार लगाएजस्तै देशलाई नोक्सान पर्नेगरी बुद्धिमा धार लगाइरहेका छन्, के भनेर एमालेलाई गाली गर्दा हुन्छ त्यही गर्दैछन् ।’ आँखा घोचे मात्रै आँखाबाट आँशु आएजस्तो गरी राष्ट्रमाथि प्रहार गर्न एमालेमाथि प्रहार गरिएको उदाहरण ओलीले दिए । ‘आँखाबाट आँशु आउन आँखै घोच्नु पर्दैन नि खुट्टामा हाने पनि आँशु आँखैबाट आउँछ, शरिरमा चिमोटे पनि आँशु आँखैबाट आउँछ’ ओलीले भने, ‘हामीले एमालेको राष्ट्रवादको पो विरोध गरेका हौं कहाँ देशभक्तिको विरोध गरेका हौं भन्छन्, उल्टै प्रश्न गर्छन्, अन्त चिमोट्दा किन आँखाबाट आँशु निकालिस् ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah