एजेन्सी। बलिउडकी चर्चित नायिका सुष्मिता सेन ४३ वर्षकी भइसकेकी छन्। १९ नोभेम्बर १९७५ मा हैदराबादमा जन्मिएकी सुष्मितालाई दैनिक शारीरिक अभ्यास गर्न निकै मन पर्छ। सुष्मिताले केही दिन पहिला सामाजिक संजालमा एउटा भिडियो शेयर गरेकी थिइन्। जसमा उनी जिम्नास्टिक रिंग पुशअप्स गर्दै गरेको देखिन्छ। भिडियोमा सुष्मितले अरु पनि शारीरिक अभ्यास गरेको देख्न सकिन्छ।

अझ रमाइलो त के भने भिडियोको क्याम्पसनमा सुष्मिताले आफूभन्दा १५ वर्ष कान्छो ब्वाइफ्रेण्ड रोहमन शलसँगको अफियरको प्रश्नको जवाब दिँदै लेखेकी छन्–मैले शारीरिक अभ्यास गर्दा दुनियाले अनुमान लगाएर बसेको छ।’ सुष्मिता प्रत्येक हप्ता आफ्नो शारीरिक अभ्यास परिवर्तन गर्छिन्। शारीरिक अभ्यास गर्दा उनी शिव मन्त्र सुन्ने गर्छिन्। त्यसो गर्दा शान्ति मिल्ने उनको अनुभव छ। सुष्मिता रनिङ, कार्डियो र एरियल अभ्यास गर्छिन्। त्यस बाहेक उनी योगा, स्वीमिङ र डान्समार्फत आफूलाई फिट राख्छिन्।

आफ्नो डाइटमाथि ध्यान दिने सुष्मिता शारीरिक अभ्यासकासाथै विहानको सुरुवात फलफूल र तातो पानी पिएर गर्छिन्। ब्रेकफास्ट उनी दुई टोस्ट र अण्डा खान्छिन्। ब्रेकफास्ट गरेको दुई घण्टापछि उनी फलफूल खान्छिन्। लन्चमा उनी कालो दाल, हरियो तरकारी माछा भात र दुई वटा रोटी खान्छिन्। साँझ उनी बिस्कुट र भेजिटेबल सूप पिउँछिन्। डिनरमा उनी दाल, रायता रोटी र अण्डा खान्छिन्। सुस्मिता दिनभरमा १४ गिलास पानी पिउँछिन्। र उनी गुलियो खाने कुरा खान्नन्।

सुष्मिताले अहिलेसम्म विवाह गरेकी छैनन्। तर उनका दुईवटी धर्मपुत्री छन्। २००० मा उनले पहिलो पटक एक बालिकालाई धर्मपुत्रीका रुपमा स्वीकार गरेकी थिइन्। जसको नाम रिनी राखिएको छ। रिनी अहिले १८ वर्षकी भइसकेकी छन्। जनवरी २०१० मा उनले अर्की एक बालिकालाई पनि धर्मपुत्रीका रुपमा स्वीकार गरेकी थिइन्। उनको नाम अलीशा राखिएको छ। धर्मपुत्रीका रुपमा लिँदा उनी तीन महिनाकी थिइन् अहिले उनी आठ वर्षकी भइन्।

सुष्मिताका बुवा सुशीर सेना इण्डियन एयरफोर्स विंगमा कमाण्डर थिए। उनकी आमा सुब्रा सेन ज्वेलरी डिजाइनर हुन्, जो दुवईमा एक स्टोर संचालन गर्छिन्। सुष्मिताका एक बहिनी नीलम र भाइ राजीव छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah