काठमाडौं । नेपाली कला मञ्चमा लागेर प्रतिभावान् अभिनेत्रीको परिचय स्थापित गर्न सफल नायिकाको नाम हो सपना खड्का । उनले केही टेलिचलचित्र, चलचित्र तथा दर्जनौं म्युजिक भिडियोमा आफ्नो अभिनय कौशलता देखाई सकेकी छिन् । कलाकारिता क्षेत्रमा चालेका हरेक पाईलामा सफल यिनै सपनाको घरबार गर्ने चाहनामा भने तुषारापात भएको छ । बिवाहकै दिनमा संसारबाट बिदा लिनु पर्दा उनको चाहना पुरा हुन नसकेको हो । अनि उनी सहित पृथ्वी राजलाई यस्तो अभिनय गर्ने संयोग जुराएको हो गायिका अञ्जु पन्तले गाएको खुसी हुँदै बिदा दिनु बोलको गीतको भिडियोले ।
बिजय राजले निर्देशन र सम्पादन समेत गरेको भिडियोको छायाँकन दीपक अधिकारीले गरेका छन् भने सपना खड्का र पृथ्वी राजको अभिनय मर्म स्पर्शी रहेको छ ।
अरु थाहा पाउँन भिडियो लिंकमा जानुहोस् :



