काठमाडौँ। नेपालमा पछिल्लो समय रियालिटी शोहरुको प्रसारण बढिरहेको छ। विदेशी फ्रेन्चाइज शोहरुले नेपालको रियालिटी शोको स्तरलाई माथि पुर्याएका छन् भने पछाडि परिरहेका प्रतिभाहरूले राम्रो अवसर पनि पाइरहेका छन्।
अहिले नेपाली टेलिभिजनमा दुई ओटा अन्तराष्ट्रिय फ्रेन्चाइज गायन प्रतियोगिता एकसाथ प्रसारण भइरहेका छन्। एपीवान टेलिभिजनमा नेपाल आइडलको दोस्रो संस्करण प्रसारण भइरहेको छ भने कान्तिपुर टेलिभिजनमा पहिलोपटक द भ्वाइस अफ नेपाल प्रसारण भइरहेको छ। दुवै कार्यक्रमलाई दर्शकले रुचाएका छन्।
एक युट्युब च्यानलसँग कुरा गर्दै द भ्वाइस अफ नेपालका होस्ट तथा उक्त शोका कार्यकारी निर्माता सुशील नेपालले द भ्वाइस अफ नेपालले दर्शकको राम्रो साथ पाएकोमा खुसी व्यक्त गरेका छन्।
‘दर्शकले अत्यधिक मनपराएको कारण द भ्वाइस अफ नेपालले सबै रेकर्ड ब्रेक गरेको छ।’ उनले भनेका छन्।
कुराकानीको क्रममा उनले द भ्वाइस अफ नेपालको फाइनल देशभित्र या बाहिर गर्ने भन्नेमा निर्णय नभइसकेको बताएका छन्।
हेर्नुस् उनीसँग फिल्मी नेपालले गरेको कुराकानी।



