नेपाली मिडियामा मेघना मगर भनेर नचिन्ने शायद कमै होलान् । मोडलिङ र नृत्यमा आफ्नो पौरखले दर्शकको मन जित्न सफल भएकी मगर समुदायमा जन्मेहुर्केकी मेघना मगरले बेलाबेला अति नै हट फोटो सुट दिएर चर्चामा आउने गरेकी छन् ।

वेल डान्स एकेडेमी स्थापना गरेर नृत्यको विकासमा जुटेकी कलाकार हुन् मेघना । उनको मोडलिङ र कोरियोग्राफी रहेका भिडियोहरू बजारमा धेरै नै आइसकेका छन् । डान्समा आफूलाई सानैदेखि लगाव रहेकोले घरपरिवारको सहयोग नभएरै पनि उनी यो क्षेत्रमा जम्दै गरेकी छन् ।

 

हालसम्म ३ दर्जन भन्दा बढी भिडियो खेलिसकेकी मेघनाले कोरियोग्राफी मात्र हैन मोडलिङमा समेत दख्खल राख्छिन् । उनले धेरै भिडियोहरूमा मोडलिङ गरिसकेकी छन् भने उनका आइटम डान्स र आधुनिक भिडियोहरू धेरै छन् । आइटम डान्समा अति नै बोल्ड अवतार दिन उनी पोख्त छिन् ।

 

 

म्युजिक भिडियो र कोरियोग्राफी गरिरहेकी उनलाई एक्टिङ क्षेत्रमा भने कुनै रहर छैन । ‘‘अफर धेरै आए तर मैले रिजेक्ट गरे । यदि कुनै फिल्महरूबाट कोरियोग्राफी र आइटम डान्सको अफर आउंछ भने म काम गर्छु’’, मेघना भन्छिन्, ‘‘म एउटा डान्सर तथा कोरियोग्राफर हो । त्यसैले म एक्टिङलाई भन्दा डान्सलाई नै महत्व दिन्छु ।’’

पहिलो पेज बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah