एजेन्सी। मलाइका अरोडा मुम्बई एकाएक मुम्बईका सडकमा देखा परिन्। सडकमा देखा परेकी मलाइकाले डेनिमको ज्याकेट, सेतो टप र जिन्सको पाइन्ट लगाएकी थिइन्। उनीसँग ठूलो खालको ह्याण्ड ब्याग पनि थियो।
मलाइकाको यो फोटो यतिबेला सामाजिक संजालमा भाइरल भइरहेको छ। र सामाजिक प्रयोगकर्ताले उनको लुकको मजाक उडाएका छन्। एक युजरले उनको लुकमाथि कमेन्ट गर्दै लेखेका छन्–ब्यागको साटो हातमा कचौरा लिएको भए झन राम्रो देखिन्थ्यो।’
अर्का एक जना युजरले लेखेका छन्, ‘ब्याग यति ठूलो छ की कचौराको आवश्यकता नै पर्दैन।’ मलाइका पछिल्लो समय फिल्म भन्दा धेरै आफ्नो लुक र रिलेशनशीपलाई लिएर चर्चामा छिन्।
विगत लामो समयदेखि मलाइका आफूभन्दा १३ वर्ष कान्छा ब्याइफ्रेण्ड अर्जुन कपुरलाई लिएर चर्चामा छिन्। केही दिन अगाडि मात्रै उनीहरु दुवैजनालाई अमृता अरोडासँग एक पार्टीमा सँगै देखिएको थियो। अर्जुनसँगको सम्बन्धलाई मलाइकाले आजसम्म स्वीकार गरेकी छैनन्।



